सिद्धार्थ बैंकको प्लाटिनम प्लस बचत खाता योजना «

सिद्धार्थ बैंकको प्लाटिनम प्लस बचत खाता योजना

सिद्धार्थ बैंकले वार्षिक ८.०३५ ब्याज दिनेगरी ‘प्लाटिनम प्लस’ नामक बचत खाता सञ्चालनमा ल्याएको छ ।
बचत खातामै आकर्षक प्रतिफलको चाहना राख्ने ग्राहकको रोजाइमा यो बचत खाता पर्ने विस्वास लिएको बैंकले जनाएको छ ।
आकर्षक प्रतिफलका अतिरिक्त, प्लाटिनम प्लस खाता खोल्ने ग्राहकहरुले मासिक ब्याज भुक्तानी पाउनेछन् । यस्तै प्रायोरिटी बैंकिङ सेवा, लकर सेवा शुल्कमा ५० प्रतिशतको छुट, (पहिलो वर्षको लागि), पहिलो वर्ष निःशुल्क, डेबिट कार्ड, इन्टरनेट बैंकिङ जस्ता सुविधा पनि प्रदान गरिने बैंकले जनाएको छ । सिद्धार्थ बैंकको १९० शाखा कार्यालयहरूबाट सहजै यो खाता खोल्न सकिने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्