Logo

लुक्लामा समिट एयरको जहाज दुर्घटना

तेन्जिङ हिलारी विमानस्थल लुक्लामा समिट एयरको जहाज दुर्घटनाग्रस्त भएर ३ जनाको ज्यान गएको छ ।
खुम्बु पासाङल्हमु गाउँपालिकामा पर्ने तेन्जिङ हिलारी विमान स्थलमा नयाँ वर्षको दिन आइतबार विहान ९ः२० बजे धावनमार्गमा चिप्लिएर बिमान दुर्घटना भएको हो । रामेछापको लागी उडान भर्न लागेको जहज धावनमार्गबाट चिप्लिएपछि नजिकै रहेको मनाङ एयरसंग ठोक्कीएर दुर्घटना भएको हो । दुर्घटनामा परी ३जनाको घटनास्थलमै ज्यानगएको छ । दुर्घटनामा डिउटीमा खटिएका २ जना सुरक्षाकर्मी, समिटको एयरकाको पाईलट एस ढुङ्गाना र मनाङ एयर हेलिकप्टरका पाईलटको ज्यान गएको हो । समिट एयरका पाईलटलाई थप उपचारकालागि काठमाडौ लगिएकोे छ । उनको अबस्था गम्भिर रहेको लुक्ला विमानस्थलका प्रमुख ईमनाथ अधिकारीले जानकारी दिए ।
(थप विबरण आउन बाँकी ।)

प्रतिक्रिया दिनुहोस्