रारा हाइड्रोले आईपीओ जारी गर्ने
रारा हाइड्रोपावर डेभलपमेण्ट कम्पनीले सर्वसाधारणलाई आइपीओ निष्काशन गर्ने भएको छ ।
कम्पनीले १२ लाख कित्ता सेयर निष्काशन गर्नको लागि निष्काशन तथा बिक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट्सलाई नियुक्त गरेको छ । सम्झौता पत्रमा रारा हाइड्रोपावर डेभलपमेण्ट कम्पनीका तर्फबाट सञ्चालक शंकरलाल वैद्य तथा मेगा क्यपिटल मार्केट्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सवीरबादे श्रेष्ठले हस्ताक्षर गरे ।
सर्वसाधारणका लागि जारी हुने सेयर १२ करोड रुपैयाँ रकम बराबरको १२ लाख कित्ता सेयर सर्वसाधारणमा निष्काशन गर्नका निम्ति नेपाल धितोपत्र बोर्ड समक्ष आवश्यक प्रक्रिया पूरा गरी सेयर निष्काशनको लागि आवेदन दिने योजना रहेको जनाएको छ ।