मुक्तिनाथ विकास बैंकको सीईओमा पुनः पोखरेल «

मुक्तिनाथ विकास बैंकको सीईओमा पुनः पोखरेल

मुक्तिनाथ विकास बैंकले प्रमुख कार्यकारी अधिकृतमा फेरि प्रद्युमन पोखरेललाई नै नियुक्त गरेको छ ।
हाल सीईओ रहेका पोखरेलको यही वैशाख मसान्तबाट कार्यकाल सकिँदै थियो । बैंकको सञ्चालक समिति बैठकले बैंकिङ क्षेत्रको अनुभव र कार्यदक्षता भएको भन्दै पोखरेललाई पुनः चार वर्षको लागि बैंकको सीईओ नियुक्त गरेको हो । उनको कार्यकाल १ जेठबाट ४ वर्ष हुने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्