विद्यालयमा इ–लाइब्रेरी «

विद्यालयमा इ–लाइब्रेरी

मनराम फाउन्डेसनले संखुवासभाका दुई विद्यालयमा इ–लाइब्रेरीको स्थापना गरेको छ । खाँदबारी १ स्थित हिमालय माध्यमिक विद्यालय र खाँदबारी ३ मानेभन्ज्याङमा रहेको महेन्द्र माध्यमिक विद्यालयमा छुट्टाछुट्टै कार्यक्रम आयोजना गरी इ–लाइब्रेरी स्थापना गरिएको हो ।
इ–लाइब्रेरी स्थापना गरिएका दुवै विद्यालयमा यसअघि नै मनराम फाउन्डेसन लाइब्रेरी पनि स्थापना गरिसकिएको थियो । त्यसैमा यस पटक इ–लाइब्रेरी थपिएको मनराम फाउन्डेसनका अध्यक्ष सुजनकुमार श्रेष्ठले जानकारी दिए ।
इ–लाइब्रेरीको सर्भरबाट विद्यार्थीहरूले ७ हजारभन्दा बढी पुस्तकहरू पढ्न पाउने बताइएको छ । अफलाइन सिस्टमबाट चल्ने उक्त लाइब्रेरीमा मोबाइलबाट समेत पुस्तकहरू पढ्न सकिने व्यवस्था छ । चैनपुरस्थित सरस्वती उच्च माविमा पनि इ–लाइब्रेरीको स्थापना गरिने मनराम फाउन्डेसनका महासचिव रामप्रसाद घिमिरेले जानकारी दिए ।
इ–लाइब्रेरीसँगै मानेभन्ज्याङस्थित महेन्द्र माध्यमिक विद्यालयमा प्राथमिक तहका विद्यार्थीहरूका लागि ९ सय थान कापी र ७ सय थान कलम समेत उपलब्ध गरिएको विद्यालयका प्रधानाध्यापक मेदिनी घिमिरेले जानकारी दिए ।
इ–लाइब्रेरी स्थापनाबाट विद्यालयमा प्रविधियुक्त सिकाइ आदानप्रदानमा सहजता थपिएको भन्दै खाँदबारी नगरपालिकाका प्रमुख मुरारी प्रसाद खतिवडाले मनराम फाउन्डेसनलाई धन्यवाद दिए ।

 

प्रतिक्रिया दिनुहोस्