बच्चा बोकेर मतदाताको घरदैलोमा रघुगंगा अध्यक्ष पदकी उम्मेदवार
म्याग्दी – स्थानीय तह निर्वाचनले रघुगंगा गाउँपालिका–६ पाखापानीकी मीना विश्वकर्मा चर्चामा रहेकी छन् । हेर्दा सामान्य पोशाक देखिने विक वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा विश्वकर्मा नेकपा (माओवादी केन्द्र)बाट गाउँपालिका अध्यक्ष पदमा उम्मेदवार बनेकी छन् ।
मनोनयन दर्ताको अघिल्लो दिनसम्म घरमा सानो छोरा र खेतीपातीसँगै घरको काममा ब्यस्त थिइन् २७ वर्षीय मीना विश्वकर्मा । क्षत्री र जनजातिको बाहुल्य रहेको रघुगंगा गाउँपालिकामा मनोनयन दर्ताअघि नेपाली कांग्रेस र नेकपा एमालले उम्मेद्वार टुंगाएरका थिए । तर, नेकपा माओवादी केन्द्रले उम्मेदवार टुंगो लगाएको थिएन् । वैशाख १२ गते बेलुकापख अध्यक्ष विकसँगै उपाध्यक्षमा रिमबहादुर कटुवालको उम्मेदवारी दर्ता गराएकी थिइन् । माध्यमिक तहसम्मको अध्ययन पुरा गर्नुभएकी विश्वकर्मालाई पार्टीले गाउँपालिका अध्यक्षमा उम्मेदवार बनाएपछि टोलटोलमा पुगेर घरदैलोको दौडाहामा ब्यस्त बन्नुभयो । उनलाई कसैले पनि चिनेको थिएन् । चुनावी प्रतिस्पर्धा बढ्दै गयो, उनीभित्रको लुकेको प्रतिभाभित्र भोकेको समस्या उजागर हुँदै गयो ।
उम्मेदवारी दर्तासंगै तीन बर्षको बच्चा लिएर घरदैलो अभियानको क्रममा टोल–टोल, वडावडामा हुने कोणसभामा उनले प्रस्तुत गरेको भाषण सुनेर नेकपा माओवादी केन्द्रका जिल्लास्तरका नेता एवम् गाउँ–गाउँका मतदाताको आखामा आसु खसाल्ने वातावरण सिर्जना गर्नुभयो । मिनाले दलित समुदायले भोग्दै आएको विभेद र उत्पीडनको समस्याको बारेमा भावुक शैलीमा अभिव्यक्ति दिँदा भाषण सुन्नेहरूको आखाँमा आँसु खसाल्न पर्ने अवस्था सिर्जना गरिन् । मतदाता पनि आफ्ना समाजमा हेपिएर लुकेर रहेको समस्या उजागर गराउन विक आएको अनुभूति दलित महिलाहरूलाई अनुभूति गरिन् ।
स्थानीय तह निर्वाचनअघि गाउँपालिका अध्यक्ष र उपाध्यक्ष पदको उम्मेदवारको चर्चा हुँदा उनको नाम चर्चामा थिएन । पार्टीको साधारण कार्यकर्ता भएको नाताले सुरुमा धेरैले मिनालाई साधारण रूपमा लिए । चुनावको सरगर्मी बढ्दै गयो उनले प्रतिस्पर्धी पार्टीका उम्मेदवारलाई चुनौती थप्दै गएकी छन् ।
घरदैलो अभियानको क्रममा बच्चा बोकेर घरमा पुग्दा मतदाताले उनलाई सद्भाव र मतदिने प्रतिबद्धताले उनलाई खुसी दिलाएको छ । म्याग्दीको रघुगंगा गाउँपालिका–६ पाखापानीको फुलडाँडामा गाउँपालिका अध्यक्षका उम्मेदवार मीना विश्वकर्मालाई स्थानीय मतदाता एवम् नाताले मामा पर्ने गौबहादुर विश्वकर्माले उनलाई खुट्टा ढोगेर विजयीको शुभकामना दिएका थिए । ‘‘सदरमुकाम बेनी घर र माईतमा आवातजावातसंगै घरमा काममा ब्यस्त थिए, अहिल्य उम्मेदवार बनेर घरदैलोमा पुग्दा सबैको माया र सदभावले हौसला बढेको छ, उम्मेदवार मात्र नभएर अन्य समयमा महिलाहरूको पक्षमा राजनीतिक सक्रियता बढाउने अठोट मतदाताले दिएको अनुभव सुनाइन् ।”
रघुगंगा गाउँपालिका–२ भगवतीमा आयोजित चुनावी सभामा अध्यक्ष पदकी उम्मेदवार मिना विकले दलित र महिलाहरूको हकहितको लागि रघुगंगाको नेतृत्वमा दलित महिलालाई पु-याउने अवसर रघुगंगाबासी दाजुभाइ तथा दिदीबहिनीहरूले हातमा रहेको बताइन् । उनले पैसावालाहरूको राजनीति हो भन्ने अवस्थालाई निराकरण गर्ने अवसर मतदातामा आएको भन्नुभयो । उनले रघुगंगा गाउँपालिकाको वडानम्वर १ बेग, २ भगवती, ३ पिप्लेमा घरदैलो गरिसकेकी छन् ।भने, वडानम्वर ४, दग्नाम, ५ झिँ, ६ पाखापानी, ७ चिमखोला र ८ कुईनमंगलेमा गाउँपालिका कमिटीले उनलाई पु-याउने समयतालिका बनाएको छ । उन्को उम्मेद्वारीलाई प्रचारप्रसार तथा मत माग्दै घरदैलो अभियानमा गण्डकी प्रदेशका सांसद एवम् नेकपा माओवादी केन्द्र गण्डकी प्रदेशका नेता विनोद केसी उपाध्यक्ष पदका उम्मेदवार रिमबहादुर कटुवाल र गाउँपालिका कमिटी अध्यक्ष हरि भण्डारीलगायतका नेताहरूले साथ दिएका छन् ।
नेकपा (माओवादी केन्द्र)को रघुगंगा गाउँपालिका कमिटीका अध्यक्ष हरि भण्डारीले स्थानीय तह चुनावका लागि म्याग्दीमा प्रमुख पदकी एक मात्र दलित महिला उम्मेदवार विक मात्र भएको बताउनुभयो । उनीसँगै चुनावी मैदानमा उत्रिएकी मिनाकोे प्रतिस्पर्धामा एमालेका प्रेमबहादुर कार्की, नेपाली कांग्रेसका भवबहादुर भण्डारी र स्वतन्त्र उम्मेदवार सागर भण्डारी छन् । १४ वटा मतदानस्थल र १९ मतदान केन्द्र भएको रघुगंगा गाउँपालिकामा १३ हजार ६ सय ४७ जना मतदाता छन् ।
–धीरन खत्री