रिभर फल्स पावरको आईपीओ निष्कासन २८ वैशाखदेखि «

रिभर फल्स पावरको आईपीओ निष्कासन २८ वैशाखदेखि

रिभर फल्स पावर लिमिटेडले २८ वैशाखदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ ।
कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँका दरले २७ लाख ३० हजार कित्तामध्ये ५४ हजार ६०० कित्ता अर्थात् २ प्रतिशत कम्पनीका कर्मचारी र १ लाख ३६ हजार ५०० कित्ता अर्थात् ५ प्रतिशत सेयर सामूहिक लगानी कोषहरुमा बाँडफाँट गरी बाँकी रहेको २५ लाख ३८ हजार ९०० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
सो आईपीओ निष्कासन छिटोमा ४ जेठ र ढिलोमा ११ जेठमा बन्द हुने कम्पनीले जनाएको छ । आवेदकहरुले न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् ।
कम्पनीले पवद्र्धन गरिरहेको पिलवुवा खोला जलविद्युत् १०.३० मेगावाट आयोजनाको कुल अनुमानित लागत प्रतिमेगाबाट १८ करोड ५ लाख १५ हजार रुपैयाँ छ ।

प्रतिक्रिया दिनुहोस्