बिजबजारको उपहार योजना «
Logo

बिजबजारको उपहार योजना


इकमर्स प्लेटफर्म बिजबजारले वैशाख २० देखि प्रत्येक महिनाको २० गते ‘२० मा बिज’ नामक क्याम्पेन गर्ने भएको छ ।
कम्पनीले मंगलबारदेखि नयाँ क्याम्पेन सुरु गरेको हो । यसमा सेवाग्राहीले प्रत्येक महिनाको २० गते बिजबजारबाट सामान खरिद गर्दा कम्पनीले तोकेका विभिन्न प्रकारका सामानमा न्यूनतम २० प्रतिशत छुट पाउन सक्नेछन् ।
यसका साथै प्रत्येक महिनाको २० गते सामान खरिद गर्नेमध्ये लक्की ड्रमार्फत छनोट भएका २० जना भाग्यशाली सेवाग्राहीले २० प्रकारका विभिन्न उपहार पनि पाउने बताइएको छ । क्याम्पेनअन्तर्गत हरेक महिना २० गते राति ८ देखि ८ः२० सम्म भारी छुटसहितका सामानको फ्ल्यास सेल समेत सञ्चालन हुने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्