शुक्रबारबाट नेपाली फिल्म ‘लक्का जवान’ प्रदर्शन हुने «

शुक्रबारबाट नेपाली फिल्म ‘लक्का जवान’ प्रदर्शन हुने

नेपाली फिल्म ‘लक्का जवान’ आगामी शुक्रवारबाट देशभर प्रदर्शन हुने भएको छ ।
बुधवार काठमाडौंमा आयोजित वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठको ७२ औँ जन्मदिनको अवसरमा फिल्मको बारेमा जानकारी गराइएको थियो । हास्य कलाकार शिवहरी पौड्यालको डेब्यू निर्देशनमा बनेको फिल्म ‘लक्का जवान’ मा प्रियंका कार्की, दिलिप रायमाझी, सलोन बस्नेत, वर्षा सिवाकोटी, किरण केसी, राजाराम पौडेल, शिवहरी पौड्यालको मुख्य भूमिका छ भने अन्य कलाकार सुरेन्द्र केसी, दिवंगत जयनन्द लामा, सरोज खनाल, अन्सुया श्रेष्ठ, सावित्री गुरुङ, अञ्जु महर्जन, नरेन्द्र कंशाकर लगायतका कलाकारको पनि अभिनय छ । फिल्ममा पारिवारिक कथालाई व्यंग्यात्मक रूपमा प्रश्तुत गरिएको छ । निर्देशक पौड्यालकै कथा र पटकथामा रहेको फिल्मलाई अन्सुया श्रेष्ठले निर्माण गरेकी छन् ।
ध्रुव वन्तको प्रस्तुति रहेको फिल्म आमा बंगलामुखी फिल्म्सको ब्यानरमा बनेको हो । पुरुषोत्तम प्रधानले छायांकन गरेको फिल्मलाई मित्र डी. गुरुङले सम्पादन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्