विश्व प्रेस स्वतन्त्रताको चुनौती «

विश्व प्रेस स्वतन्त्रताको चुनौती

पत्रकारका लागि सबभन्दा सुरक्षित देश फिनल्यान्ड मानिएको छ भने नर्वे, डेनमार्क, नेदरल्यान्ड, स्वीडेनलगायतका २० देश राम्रो मानिएका छन् ।

प्रत्येक वर्ष मे ३ लाई विश्व प्रेस स्वतन्त्रता दिवसका रूपमा विश्वभरि मनाउने गरिएको हो । यसमा स्वतन्त्र एवं बहुलवादी प्रेसका लागि ‘विन्डहक घोषणापत्र’ जारी गरिएको सम्झनामा हरेक वर्ष यो दिवस मनाउने गरिन्छ । युनेस्कोको आयोजनामा अफ्रिकी राष्ट्र नामिबियाको विन्डहक सहरमा ३ मे १९९१ मा भएको पत्रकारको सम्मेलनले बहुलवादी र स्वतन्त्र प्रेसका लागि ‘विन्डहक घोषणापत्र’ जारी गरेको थियो । त्यसैको सम्झनामा सन् १९९३ देखि संयुक्त राष्ट्रसंघले यो दिवस मनाउने निर्णय गरेको थियो । फलतः सन् १९९३ को डिसेम्बर २० मा संयुक्त राष्ट्रसंघको साधारणसभाको निर्णयअनुसार प्रत्येक वर्ष ३ मेलाई विश्व प्रेस स्वतन्त्रता दिवसका रूपमा मनाउँदै आएको हो ।
यसर्थ राज्यको चौथो अंगअन्तर्गत प्रेस तथा सञ्चारमाध्यमहरू पर्छन् । यसरी हरेक वर्षको ३ मेमा विश्वभरि सञ्चारका माध्यमहरूको स्वतन्त्रताका मुद्दा, मापदण्ड र महत्वको विषयमा पैरवी अनि बहस गरिँदै समाचार संकलनका क्रममा जोखिममा परेका र ज्यान गुमाएका पत्रकारको योगदानलाई सम्झना र सम्मान गर्दै मनाइन्छ । सन् २०१६ मा विश्वभरि ५९ जना पत्रकारको विभिन्न कारणबाट मृत्यु भएको थियो भने सबैभन्दा बढी सन् २०१५ विश्वमै पत्रकारिता क्षेत्रका निम्ति विपित्तको वर्ष बन्यो । हालसम्मको तथ्यांक हेर्दा विश्वभर २ हजार ६ सय ८० जनाभन्दा बढी पत्रकार तथा मिडियाकर्मीहरू मारिइसकेका छन् । यसमा खासगरीकन यी देशहरू मेक्सिको, पाकिस्तान, अफगानिस्तान, सोमालिया, भारत, फिलिपिन्सलगायत मुलुकमा पत्रकार र मिडियाकर्मीमाथि ज्यानै जानेसम्मका घटना बढी भएको पाइएको छ ।
यसैक्रममा अघिल्लो वर्ष अफगानिस्तानमा १० जना, पाकिस्तानमा ९ जना, भारतमा ८ जना, फिलिपिन्स र सिरियामा ४-४ जना, नाइजेरिया र यमनमा ३÷३ जना पत्रकार मारिएका थिए । यसैगरी इराक, सोमालिया, बंगलादेश, क्यामरुन, होन्डुरस, पराग्वे, रसिया र स्वीडेनमा पनि पत्रकारको हत्या भएको थियो । केही वर्षअगाडि फ्रान्समा कार्टुन पत्रिका चार्ली हेब्दोमाथि आतंकवादी हमला भयो, जसमा नौ जना पत्रकार मारिए । धेरै पत्रकार मारिनेमा भारत, इराक र सिरिया परेकाले रिपोर्टर्स विथ आउट बोर्डर्सले भारतलाई पाकिस्तान र अफगानिस्तानभन्दा बढी खतरापूर्ण देश भनेको छ ।
भारतका ९ मध्ये ५ पत्रकार समाचारका कारण मारिएका र अन्य ४ को कारण नखुलेको पनि प्रतिवेदनमा जनाइएको थियो । यसरी पत्रकारका लागि सबभन्दा सुरक्षित देश फिनल्यान्ड मानिएको छ भने नर्वे, डेनमार्क, नेदरल्यान्ड, स्वीडेनलगायतका २० देश राम्रो मानिएका छन् । सूचीमा नेपाल १ सय ५ औं सुरक्षित स्थानमा छ भने दक्षिण एसियामा पाकिस्तान बढी असुरक्षित देश ठहरिएको छ । सूचीमा पाकिस्तान १ सय ५९ औं नम्बरमा छ भने बंगलादेश १ सय ५६ औं स्थानमा छ । तालिवानी हमला झेलिरहेको अफगानिस्तानभन्दा भारत पत्रकारका लागि बढी असुरक्षित देखिएको छ । सूचीमा भारत १ सय ३६ औं नम्बरमा छ भने अफगानिस्तान १ सय २२ औं स्थानमा छ ।
वर्तमान सरकारले देशको पहिलो सरकारी छापा माध्यम गोरखापत्र प्रकाशन भएको १९५८ वैशाख २४ गतेलाई राष्ट्रिय पत्रकारिता दिवसका रूपमा प्रत्येक वर्ष मनाउने गरेको छ । यो देशको सबैभन्दा जेठो प्रकाशनका रूपमा रहेको छ । यो प्रकाशन हालसम्म आइपुग्दा झन्डै १ सय २१ औं वर्षमा पुग्न लागेको छ । त्यसैअनुसार केही वर्ष अगाडिदेखि वैशाख २४ गतेलाई राष्ट्रिय पत्रकारिता दिवसकाु रूपमा मनाउँदै आएको छ । यसैक्रममा छापा माध्यममा नेपाली भाषाको पहिलो पत्रिका ‘गोर्खा भारत जीवन’ हो, जुन बनारसबाट प्रकाशित थियो । त्यसैगरी स्वदेशबाटै १९५५ मा प्रकाशित पहिलो नेपाली भाषाको पत्रिका ‘सुधा सागर’ हो । तर, अहिले आएर गोरखापत्र प्रकाशन मितिलाई आधार मानिएको छ ।
हाम्रो देशको कुरा गर्ने भने २०७२ वैशाख १२ र २९ गते गएको भूकम्पका कारण १ हजार ८ सय १३ जना पत्रकार र सञ्चार गृहहरू प्रभावित भएका थिए । गोरखापत्रमा आबद्ध पत्रकार सुमन भोम्जनको काठमाडौंमा र रेडियो प्लानेटमा आबद्ध कार्यक्रम प्रस्तोता सिर्जना लामाको सिन्धुपाल्चोकमा मृत्यु भयो भने भूकम्पमा परी घाइते भएका नेपालगन्जबाट प्रकाशित दैनिक नेपालगन्जको व्यवस्थापनमा आबद्ध अच्युतराज सुवेदीको उपचारका क्रममा मृत्यु भयो । त्यसैगरी भूकम्पबाटै ३५ जना पत्रकारले नजिकका आफन्त गुमाउनुप-यो । त्यसैगरी १४ जना पत्रकार आफैं घाइते भए भने २० जनाका आफन्त घाइते भए । यसरी भूकम्पले २ सय ६६ सञ्चार गृहमा भौतिक क्षति पु-यायो । त्यही वर्ष उदयपुरका पत्रकार रामप्रसाद भट्टराई (सचिन) सुनसरीको इटहरी–धरान सडकखण्डमा मृत अवस्थामा भेटिए । बेपत्ता भएको एक सातापछि सडकमा मृत अवस्थामा भेटिएका उनको शवलाई प्रहरीले बीपी मेमोरियल अस्पताल धरानको शवगृहमा पु-याएपछि पत्रकार र आफन्तले शव पहिचान गरी पत्रकार भट्टराई मारिएको ठहर गरेका थिए । यसपछि कोरोनाको बढ्दो प्रकोपलगायत मधेसवादी दलको आन्दोलन र भारतीय नाकाबन्दीको प्रभाव पत्रकार र मिडियामा प्रत्यक्ष रूपमा परेको छ । आमजनतालाई सुसूचित गर्ने पत्रकार र मिडिया नै आफैं यस्तो प्रताडनाबाट झन् नराम्ररी पिल्सिन बाध्य भएका छन् ।
उनीहरू आन्दोलनरत र सरकारी पक्षको दोहोरो मारमा परिरहेका छन् । यसर्थ पत्रकार तथा सञ्चारकर्मीमाथि भौतिक र पेसागत सुरक्षाको खतरा बढ्दै गएको छ । एकातिर उनीहरूले प्रेस स्वतन्त्रताको निर्बाध उपयोग गर्न पाइरहेका छैनन् भने अर्कोतिर रोजीरोटीको समस्याबाट दिनदिनै आक्रान्त भइरहेका छन् ।
अन्त्यमा भन्नुपर्दा विश्व प्रेस स्वतन्त्रता दिवसको पूर्वसन्ध्यामा रिपोर्टर्स विदआउट बोर्डरले प्रकाशित गरेको तथ्याङ्कमा १ जनवरीदेखि १ मे २०२२ सम्म संसारभरका २३ जना पत्रकार र मिडियामा आबद्ध एक जना कर्मचारी गरी २४ जनाले कामको सिलसिलामा ज्यान गुमाएका छन् । यसका साथसाथै ४ सय ५९ जना पत्रकार र मिडियामा काम गर्ने १९ जना कर्मचारी आजका दिनमा थुनामा रहेको पनि सो संस्थाको तथ्याङ्कमा उल्लेख छ । फलतः रूस र युक्रेनबीच भएको युद्धमा हालसम्म २० जनाभन्दा बढी पत्रकारहरूले ज्यान गुमाएको तथ्यांक छ । तसर्थ नेपालमा भने यो वर्ष पत्रकारले ज्यान गुमाउनुपरेन । जसलाई सुखद संयोग मान्नुपर्छ तर माओवादीको सशस्त्र द्वन्द्वका क्रममा सरकार र विद्रोही पक्षबाट माारिएका पत्रकारको संख्या दुई दर्जन नाघेको थियो । विश्वका जुनसुकै देशमा अधिकांश पत्रकारको हत्या योजनाबद्ध ढङ्गबाट गरिएको पाइन्छ तर पनि हत्यारा पत्ता लगाउन र उनीहरूलाई कारबाही गर्न सरकारले चासो नदेखाएको स्पष्ट छ ।
मूलतः विश्वभरका पत्रकारिताका पत्रकारहरू पनि कोरोना विरुद्धमा लडिरहनुपरेको छ । गत वर्ष हाम्रो छिमेकी देश भारतमा मात्र एक महिनाको अन्तरालमा ५० जना सञ्चारकर्मीहरूको कोरोनाले मृत्यु भएको थियो । देशको कुरा गर्ने हो भने प्रेसको इतिहासमा गोरखापत्र नै पहिलो समाचारमूलक पत्रिका हो । तसर्थ राणा प्रधानमन्त्री देवशमशेरले २४ वैशाख १९५८ बाट गोरखापत्र प्रकाशनको सुरुवात गरेका थिए । साप्ताहिक पत्रिकाबाट सुरु भएको गोरखापत्र २००० देखि हप्ताको दुई पटक र २००३ पुसदेखि हप्ताको तीन पटक प्रकाशन हुन थालेको थियो ।
जनतालाई सुसूचित गराउनेभन्दा पनि राणाशासनको गुनगान गाउने उद्देश्यले प्रकाशनमा आएको गोरखापत्रले ७ फागुन २०१७ देखि दैनिक रूपमा प्रकाशन थालेको हो । २०४६ सालको आन्दोलन होस् या १० वर्षे सशस्त्र द्वन्द्व या २०६२ अनि २०६३ को जनआन्दोलन होस्, हामीले पाएको सूचना अनि ताजा अपडेटहरू दिन धेरै जना पत्रकारले पसिना बगाउने, ज्यान जोखिममा राखेर अनि कतिले त ज्यान नै गुमाउनुपरेको थियो । हालको कोरोना महामारी र विगतका वर्ष भूकम्पलगायतका प्रकृतिक विपत्ति, आन्दोलन र नाकाबन्दीको मार पत्रकार तथा सञ्चारमाध्यमहरूमा नराम्रोसँग प-यो ।
मानवीय तथा भौतिक क्षतिका दृष्टिले विगतका विभिन्न वर्ष विपत्तिको वर्ष रह्यो भने प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा अवरोधका दृष्टिले संकुचनको वर्ष रह्यो । महासंघ प्रेस स्वतन्त्रता अनुगमन एकाइको अभिलेखअनुसार सन् २०१५ मा देशभर प्रेस स्वतन्त्रता उल्लंघनका १ सय ३६ घटना भए, जसमध्ये करिब ८५ प्रतिशत (१ सय १४ वटा) घटना करिब साढे चार महिनादेखि जारी पछिल्लो तराई–मधेस आन्दोलनका क्रममा मात्र भएका थिए । आन्दोलनका क्रममा दुवै पक्षबाट पत्रकारहरूमाथि आक्रमणका ३३ वटा घटना भए भने दुव्र्यवहारका २५ र धम्कीका ११ घटना भए ।
यसैगरी चारवटा सञ्चार गृहमा भौतिक आक्रमणका घटना भए । यस वर्ष ५ पत्रकारमाथि मानसिक यातनाका घटना भए, १२ जनामाथि ज्यान लिने उद्देश्यले आव्रmमण भए भने १३ जना आफ्नो पेसाबाट वञ्चित गराइए । तथापि, पत्रकारहरूले आफ्नो कार्य क्षेत्रमा खटिँदा सांघातिक आक्रमण, बम विस्फोट र झडपमा परी ती पत्रकार र मिडियाकर्मी मारिएका विश्वभरका पत्रकारको छाता संगठन इन्टरनेसनल फेडेरेसन अफ जर्नलिस्ट (आईएफजे) ले जनाएको छ । यसर्थ पछिल्लो पाँच वर्षको तथ्यांक हेर्दा मेक्सिको पत्रकारहरूका लागि सबैभन्दा असुरक्षित देखिएको छ । यस अवधिमा मेक्सिको चार पटकसम्म सबैभन्दा बढी पत्रकार हत्या हुने मुलुकको शीर्ष स्थानमा समेत रह्यो ।

प्रतिक्रिया दिनुहोस्