वर्षाले खेल प्रभावित «

वर्षाले खेल प्रभावित

नेपाल र जिम्बाब्वे ए बीचको दोस्रो ट्वान्टी–२० खेल भारी वर्षा भएपछि रद्द भएको छ ।
कीर्तिपुर स्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा खेल चलिरहँदा भारी वर्षा भएपछि अम्पायर विनय कुमार झा र राम पाण्डेले मैदान निरक्षिण गर्दै खेल रद्द भएको जनाएका थिए । नेपालले अव तेस्रो खेल बुधबार खेल्नेछ । यसअघि भएको पहिलो खेलमा नेपाल ६ विकेटले पराजित भएको थियो ।
वर्षा अघि टियु मैदानमा टस हारेर ब्याटिङ थालेको जिम्बावेले ४.३ ओभरमा २ विकेट गुमाउँदै ४८ रन बनाएको अवस्थामा भारी बर्षा भएको थियो । जसका कारण खेल रोकिन पुगेको थियो । पहिलो ब्याटिङ गरेको जिम्बावेका कड्जाइ मउन्जे १३ बलमा ५ चौका २२ रनमा अविजित थिए । उलाई रोय कैयाले १ रनबाट साथ दिएका थिए ।
तीव्र गतिका बलर सोमपाल कामीले पहिलो ओभरको दोस्रो बलमा ओपनर इनोसेन्ट कैयालाई कुशल भुर्तेलबाट शून्यमा क्याच गराएका थिए । यस्तै टाडिवान्से मरुमानी ११ बलमा २१ रन बनाएर पेभेलियन फर्किएका थिए भने यस्तै कुड्जाई मौन्ज २२ तथा रोए काया १ रन जोडेर क्रिजमा थिए । नेपालका लागि सोमपाल कामी र करण केसीले १÷१ विकेट लिएका थिए । अब तेस्रो खेल नेपालले जिम्बाब्वे ए टोलीसँग बुधबार खेल्नेछ ।
आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गत अमेरिकामा हुने त्रिकोणात्मक एकदिवसीय सिरिजको तयारीमा स्वरूप नेपालले जिम्बाब्वे ए सँग शृंखला खेलिरहेको छ । सिरिज अन्तर्गत नेपालले पाहुना टोलीसँग दोस्रो खेल सोमबार र तेस्रो खेल बुधबार खल्नेछ । ट्वान्टी–२० पछि नेपालले एकदिवसीय सिरिज त्रिवि मैदानमा नै खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्