ज्यादतीविरुद्ध धादिङमा वलिया स्वतन्त्र उम्मेदवार
गजुरी – वैशाख ३० गते हुन गइरहेको स्थानीय तह सदस्य निर्वाचन २०७९ को उम्मेदवारी फिर्ता लिन समय सकिएको छ । उम्मेदवारी फिता लिने समय भएसँगै उम्मेदवारको अन्तिम नामावली र चुनाव चिन्ह प्रकाशित गरिएको छ । नीलकण्ठा नगरपालिकामा उपप्रमुख पदमा गठवन्धन दलबाट प्रमुख र उपप्रमुख दुवै पदमा पुरुष उम्मेदवार भएपछि कल्पना अधिकारीले उपप्रमुखमा स्वतन्त्र उम्मेदवार मनोनयन गराई गुलाब चुनाव चिन्ह प्राप्त गरेकीछिन् ।
उता आफ्नै पार्टीले सही व्यक्तिलाई उम्मेदवार बनाएको भन्दै थाक्रे गाँउपालिकामा गोकण रुपाखेतीले अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवार बनेर भुइँकटर चुनाव चिन्ह प्राप्त गरेकाछन् । जिल्ला सदरमुकाम समेत रहेको नीलकण्ठ नगरपालिकावडा नं. ३ मा पार्टीले सहित व्यक्तिलाई उम्मेदवार नबनाएको भन्दै समाजसेवी तथा लामो समयदेखि व्यवासाय गर्दै आएका राजकुमार श्रेष्ठले वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवार बनेर गुलाब चिन्ह पाएकाछन् । चुनाव चिन्ह पाएसँगै स्वतन्त्र उम्मेदवाहरू चुनावी प्रचार प्रसारको तयारीलाई तिव्र बनाउने र गठवन्धन तथा व्यक्तिको घमण्डलाई तोड्न स्वतन्त्र उम्मेदवार जिताउन अभियान सञ्चालन सुरु भएको छ ।
निर्वतमान अध्यक्ष र उपाध्यक्षको ज्यादतीविरुद्ध स्वतन्त्र उम्मेदवारी : गोकर्ण
समाजिक विकासको क्षेत्रमा करिव तीन दैशक व्यथित गरेका सामाजि विकासका अभियान्त गोर्कण रुपाखेती नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य हुन । थाक्रे गाँउपालिकाको अध्यक्षको लागि पार्टीले चयन गरेको उम्मेदवार कृष्ण पन्थको उम्मदवारी पार्टी अध्यक्ष खड्गप्रसाद (केपी) ओलीको निदेर्शनात्मक आदेशबाट निर्वाचन अधिकृतको कार्यालयले बदर गरेपछि स्वतन्त्र उम्मेदवार गोर्कण रुपाखेतीलाई जिताउन एमालेका थाक्रेका अध्यक्षसमेत रहेका पन्तले कैयौं कार्यकर्ताको सामु पार्टी अध्यक्षबाट राजिनामा दिएकाछन् ।
जिल्ला पार्टीको निर्णयबाट वागमती प्रदेश कमिटी अध्यक्ष केशव पाण्डेको सिफारिसमा अध्यक्ष पदमा पन्तले मनोनयन गराएको केही समयपछि अध्यक्ष पाण्डेको अर्को सिफारिसा रामकुमार आचार्यका मनोनयन दर्ता भएपछि थाक्रेका एमाले नेता तथा कार्यकता आक्रोशित मात्र भएका छैनन् । ती नेता कार्यकर्ताले निर्वतमान अध्यक्ष रामकुमार आर्चाय र उपाध्यक्ष अम्विका रुपाखेतीलाई हराउने अभियान सञ्चालन गरी स्वतन्त्र उम्मेदवारका रुपमा गोकर्ण रुपाखेती अघि सारेकाछन् । रुपाखेतीले दिएको अध्यक्ष पदको स्वतन्त्र फिर्ता नलिई स्थानीय कार्यकर्ताको भावना र आत्मा सम्मानका चुनावी मैदानमा होमिएका छन् ।
निर्वतमान अध्यक्ष आर्चाय र रुपाखेतीले विगारेको थाक्रेको साख जोगाउन र फरक विचार राजनीति दलका नेता कार्यकर्ता तथा नागरिकहरूलाई समान व्यावहारबाट सम्वृद्ध थाक्रे बनाउने आफु गाँउपाकिला अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवार बनेको रुपाखेतीले बताए ।
एमालेको उर्भरभुमी रहेकाले आफुले जित्नेमा ढुक्क रहेका रुपाखेती राजनीतिलाई सेवामा पणिरत गर्न, निर्वतमान अध्यक्ष र उपाध्यक्षले विगारेको दुर्गधित राजनीतिलाई सुगन्धित बनाउन, केन्द्रियता लाद्ने प्रवृतिको अन्त्य गर्न, गरिबी तथा भोकमरीको अन्त्य गर्न, थाक्रेवासीलाई विकासको मूलप्रवाहमा समाहित गर्न संकल्प गरेकाछन् । भ्रष्टचारमा शून्य सहनशिलता सहित सवै राजनीति दलका नेता कार्यकतालाई सहकार्य, सहअस्तित्व र समान व्यवहार गर्ने, दिगो विकासको लक्ष्यको सूचकांक पालिका तहमा हासिल गर्ने, नागरिकको खाद्य अधिकारलाई सुनिश्चित गर्न खाद्य सहायता परिचय पत्र वितरण गर्ने, वालवालिका, महिला, दलित र सवै खाले उत्पिडनको अन्त्य गर्न पार्टी छाडेर स्वतन्त्र उम्मेदवारकय रुपमा भईकटर चुनाव चिन्ह लिएर मतदाता समक्ष जादैछु रुपाखेतीले बताए ।
जनप्रतनिधि सेवक हुन भन्ने उदाहरण देखाउन उम्मेदवारी : राजकुमार
मुलुक संघीय संरचनामा गएपछि भएको निर्वाचनमा गाउँ–गाँउमा सिहंदरवार नाराले मतखाता आर्कषित भए । सोही अनुसार चर्को नारा नाउनेहरूले विजय प्राप्त गरे । तर गाँउगाँउ सिंहदरवारको सट्टा जनप्रतिनिधि सिहं भएर शासन गरेको देखेर जनप्रतिनिधि सेवक हुन भन्ने उदाहरण देखाउन वडा अध्यक्षको उम्मेदवार भएकाछन् राजकुमार श्रेष्ठ । नेपाली कांगे्रसले आफु अनुकुल उम्मेदवारलाई टिकट दिएकाले आफुलाई जनता अनुकूल ठानेर अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवार बनेको छु । जिल्ला सदरमुकाम धादिङबेसी नीलकण्ठ नगरपालिका वडा नं. ३ मै पर्छ ।
जिल्ला सदरमुकाममा जिल्ला भित्रका मात्र मानिस होइन देशभित्र र बाहिरका मानिस आउँछन् । जिल्ला सदरमुकाम छ भन्न पनि अफ्यारो लाग्ने अवस्था रहेकाले नमुना सदरमुकाम र वडा बनाउन आफु स्वतन्त्र उम्मेदवार बनेको श्रेष्ठले बताए । लामो समयदेखि धादिङबेसीमा व्यावसायका साथ सनामाजिक क्षेत्रमा सक्रिय रहेकय श्रेष्ठ सवैकय माँझ परिचित र लोकप्रिय छन् । उनले जनप्रतिनिधि शासक नभई सेवक हुनु पर्ने भन्दै केही संकल्प गरेरकाछन् ।
वडाका सवै घरपरिवारमा २४ घण्टा खानेपानीको सुनिश्चितता गर्ने, ज्येष्ठ नागरिक र बालबालिका लक्षित पार्क निमार्ण गर्ने, महिला तथा युवाहरूलाई उद्यमशीलता तालिम दिने, समान र प्रभावकारी सेवा प्रवाह गर्ने, विकासमा सक्रिय जनसहभागिता गराउने, स्थानीय स्रोत पहिचान र परिचालन गर्ने, जिल्ला सदरमुकाम रहेका वडाहरू मध्य नमुना वडा बनाउने, व्यवस्थित वस पार्क र व्यवस्थित पार्किङ व्यवस्था, व्यवस्थित तरकारी बजार तथा विक्री केन्द्र बनाउने सहितको योजना रहेकोले नीलकण्ठ नगरपालिका वडा नं. ३ को वडाँध्यक्ष पदमा स्वतन्त्र उम्मेदवार मनोनयन गराई गुलाब चिन्ह लिएको श्रेष्ठले बताए ।