नेप्से परिसूचकमा ४८.७३ अंकले गिरावट «

नेप्से परिसूचकमा ४८.७३ अंकले गिरावट

साताको पहिलो कारोबार दिन नेप्से परिसूचक करिब ५० अंकले गिरावट आएको छ ।
सोमबार सेयर बजार मापक नेप्से परिसूचक ४८.७३ अंक घटेर २३०७.४४ विन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ८.४५ अंक घटेको छ भने फ्लोट इण्डेक्स ३.१३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.६१ अंकले गिरावट आएको छ ।
सोमबार कारोबारमा आएका २२८ कम्पनीको ३९ लाख ७८ हजार कित्ता सेयर १ अर्ब ४२ करोड ३४ लाख ९८ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ ।
नेप्सेका १३ वटै उपसमूहको परिसूचक गिरावट आएको छ । जसमध्ये वित्त उपसमूहको परिसूचक सर्वाधिक ४.२४ प्रतिशत घटेको छ । त्यस्तै, विकास बैंक, अन्य, होटल तथा पर्यटन र जलविद्युत उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी घटेका छन् । जीवन बिमा, लगानी, निर्जीवन बिमा र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ ।
सोमबार नेप्से परिसूचक ओरालो लागेपनि जाल्पा लघुवित्त वित्तीय संस्थाको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । त्यस्तै सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था र सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य २ प्रतिशत बढेको छ । तर यता नेपाल फाइनान्सको सेयर भने नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।
कारोबार रकमका आधारमा ४ करोड ७३ लाख ५६ हजार रुपैयाँभन्दा बढीको सेयर खरिदबिक्री गरेर अरुण भ्याली हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ । हिमालयन डिष्टिलरी र नेपाल फाइनान्सको ४ करोड भन्दा बढीको सेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्