Logo

उपाय सिटी कार्गोको सेवा विराटनगरमा

लजिष्टिक प्लाटफर्म उपाय सिटी कार्गोले आफ्नो सेवा विराटनगरमा विस्तार गरेको छ । देशभर सेवा विस्तार गर्ने लक्ष्य लिएको उपाय सिटी कार्गोले अहिले काठमाडौं, बुटबल र भैरहवामा सेवा विस्तार गरेरे सामान ढुवानीको काम गर्दै आएको छ ।
प्रदेश १ व्यापारिक दृष्टिकोणले महत्त्वपूर्ण सहर भएको भन्दै कम्पनीले विराटनगरमा सेवा विस्तार गरेको कम्पनीका प्रबन्ध निर्देशक सुमन रायमाझीले बताए ।
नेपालमै पहिलोपटक अनलाइन प्रविधिमार्फत ढुवानी व्यवसायी र ग्राहकलाई जोड्न सफल भएको छ । उपभोक्ताहरुले उपाय सिटी कार्गोको एप डाउनलोड गरी विवरण भरेर ढुवानी सेवा लिन सक्ने कम्पनीले जनाएको छ ।
यसबाहेक उपभोक्ताहरुले वेबसाइट, कल सेन्टर अथवा इमेल गरेर समेत सेवा लिन सक्ने बताइएको छ । उपभोक्ताहरुको रिक्वेस्ट आएपछि एपमा आवद्ध भएका चालकको फोनमा अटोमेटिक म्यासेज जाने कम्पनीले जनाएको छ । त्यसपछि चालकले आफैं रिक्वेस्ट एसेप्ट गर्न मिल्ने बताइएको छ ।
उपाय सिटी कार्गोले ढुवानी सेवा विराटनगरका साथै इटहरी, धरान, इनरुवा र उर्लाबारीसम्म पु-याउने कम्पनीले जनाएको छ । हालसम्म २०० सवारी चालकलाई यस बारेमा जानकारी गराएको कम्पनीले जानकारी दिएको छ । देशभरबाट तीन सय चालक, सात संस्थागत सेवाग्राही र व्यक्तिगत रुपमा सेवा लिनेहरुको संख्या बढ्दै गएको बताइएको छ ।
उपाय सिटी कार्गो मार्फत दुई किलोमिटर दूरीसम्म सामान ढुवानीका लागि ६ सय रुपैयाँ लाग्ने र त्यसपछि क्रमशः किलोमिटरका हिसाबले ढुवानी खर्च लाग्ने कम्पनीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्