१७औं वार्षिकोत्सवमा सुबिसुको गज्जब अफर

इन्टरनेट सेवा प्रदायक कम्पनी सुबिसुले १७ वार्षिकोत्सवको अवसर पारेर गज्जब अफर ल्याएको छ । यस योजनाअन्तर्गत कम्पनीले नयाँ रिटेल ग्राहकका लागि इन्टरनेट र क्ल्यिर टिभी सेवामा तीन आकर्षक प्याकेजहरु प्रस्तुत गरेको छ । सन् २००१ देखि केबल टिभीबाट सेवा सुरु गरेको सुबिसु, हाल देशको सूचना तथा सञ्चार क्षेत्रमा महत्वपूर्ण योगदान पुराउने एक अग्रणी कम्पनीका रूपमा स्थापित छ । १७ वर्षको यो कोसेढुंगासँगै कम्पिनी आफ्नो अमूल्य ग्राहकहरुलाई थप नबिन्तम तथा अत्यन्त उच्चकोटिका सेवाहरु जस्तै डिजिटल टिभिसेवार, बोडब्यानड इन्टरनेट सेवा प्रदान गर्दै आएको यस सुबिसुले यो अफर ल्याएको हो । साथै कम्पनीले आफ्नो वर्तमान इन्टरनेट तथा डिजिटल टिभी ग्राहकहरुका लागि पनि लोयलती अफर प्रस्तुत गरेको छ । किल्यर टिभिमा, सेवामा २०० भन्दा बढी डिजिटल च्यानल छन् जसमा ५० वटाभन्दा बढी एचडी च्यानल छन् ।