क्लब तथा एकेडेमीले हामीलाई कहिले पनि आमा बुवाको अभाव खड्किन दिएनः थापा «

क्लब तथा एकेडेमीले हामीलाई कहिले पनि आमा बुवाको अभाव खड्किन दिएनः थापा

पोखरा – कठिन परिस्थिति र विपन्नवर्गका ८ जना किशोरहरूलाई सहारा क्लव पोखराद्धारा संचालित सुर्य बहादुर के.सी.स्मृती सहारा फुटवल एकेडेमीबाट ९ वर्षपछि बिदाइ गरिएको छ । प्लस टु सकेका ८ जना किशोरलाई क्लबले एक समारोहका बीच आइतबार बिदाइ गरेको हो ।
एकेडेमीबाट बिधाई हुँदै गर्दा सुर्खेत वीरेन्द्र नगर १२ का कमल सोमई मगर भावुक हुँदै आफ्नो बाल्यकालको महत्वपूर्ण जीवनमा एकेडेमीले आमा बाबुको माया दिएकोले आफु जहाँ भए पनि एकेडेमी प्रचि चासो दिने बताए । एकेडेमीले हाल आफ्नो खुट्टामा उभिन सिकाएकोमा क्लव प्रति समेत धन्यवाद दिँदै उनले भगवानको रुपमा एकेडेमी रहेको दाबी गरे । आफूहरूलाई आमा बाबुको अभाव हुन नदिने क्लवका पदाधिकारीहरू प्रति र दाताहरू प्रति मगरले आभार समेत व्यक्त गर्नु भएको छ । क्लवले दिएको उक्त अवसरलाई आफुहरूले कहिले पनि नभुल्ने उनले बताए ।
करिब ९ बर्ष एकेडेमीमा रहेर फुटवल सहित उच्च शिक्षा हासिल गरेका पोखरा १० का सन्दीप केसी,पर्वत कार्कीनेटा ६ का शिशिर क्षत्री, रुकुम कोल २ का कुशल बुढामगर, कास्की कृष्ति २ का निश्चल भण्डारी, चितवन छार्वोव्क ३ का प्रमिश गुरुङ, सुरेखेत वीरेन्द्र नगर १२ का कमल सोमई मगर, स्याङजा बाहकोट १ का सन्देस गुरुङ र स्याङजा पञ्चमूल ४ निरज विकलाई क्लवले बिदाइ गरेको हो । क्लवका सस्थापक अध्यक्ष वसन्त थकाली, मानार्थ सदस्य महेश गुरुङ, क्लवका अध्यक्ष हरिराम गुरुङ(सुरज), निवर्तमान अध्यक्ष केशव थापा, पूर्वअध्यक्ष विक्रम थकाली र वीरभद्र आचार्यलगायतले खेलाडीहरूलाई खादा सहित मायाको चिनो प्रदान गर्दै बिदाइ गर्नु भएको हो ।
एकेडेमीमा तेस्रो व्याजका रूपमा १६ जिल्लाका २८ जना बालहरू रहे पनि हाल १५ जना रहेको सहारा क्लवका महासचिव रामजी प्रसाद अधिकारीले बरालले बताए । आत्म साक्षी राखी मन, बचन र कर्मले सामाजिक सेवा गरौं भन्ने उद्देश्यले २०५५ साल भदौ ३० गते सहारा क्लवको स्थापना भएको हो । पहिलो संस्करण २०५८ सालमा को क्याराभान गोल्ड कप सुरु भएँंगै सहारा एकेडेमी सुरु भएको थियो । कार्यक्रममा बोल्दै संस्थापक अध्यक्ष थकालीले जहाँ गरिब र बिपन्न बर्गका मानिसहरू रहेका छन उनीहरूको हकहितमा वोल्दै आफुले सकेको सहयोग गर्न एकेडेमीका किशोरहरूलाई सुझाव दिनु भयो । क्लवका मानार्थ सदस्य महेश गुरुङले क्लवले हुर्काएका किशोरहरू जहाँ भए पनि क्लव प्रति आफ्नो भूमिका खेल्न सक्नुपर्ने बताए । उनले थप शिक्षा हासिल गर्दा आवश्यक पर्ने सहयोग गर्न समेत आफुहरू तयार रहेको जनाए ।
क्लबका अध्यक्ष हरिराम गुरुङ (सुरज) को अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा बरिष्ठ उपाध्यक्ष केशवराज बराल, उपाध्यक्ष चित्रबहादुर पुन लगायतले बोलेका थिए ।
यसैबीच क्लबले सहारा एकेडेमीमा मानार्थ सदस्य महेश गुरुङ, सहारा युकेका सल्लाहकारहरू शेरा गुरुङ र भोजबहादुर गुरुङ, रामबजार सोसाइटी युकेका पूर्वअध्यक्ष रूपक गुरुङ, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दीननाथ बरासहारा क्लवद्धारा संचालित सहारा एकेडेमीलाई पोखराको व्यावसायिक घराना सूर्यबहादुर केसी परिवारले वार्षिक १५ लाखका दरले १० वर्ष सहयोग गर्ने भएको छ । एकेडेमीको जिम्मेवारी लिएसँग सहारा क्लब एकेडेमीको नाम समेत परिवर्तन भएको क्लवले जनाएको छ ।

पोखरा स्पोट्र्स अवार्डलाई पोखरेली मञ्च युकेले सहयोग गर्ने
पोखरेली मञ्च यूकेले आउँदो असारको पहिलो साता पोखरामा आयोजना हुने छटौं संस्करणको पोखरा स्पोट्र्स अवार्डमा सहयोग गर्ने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गर्ने उक्त अवार्डलाई मञ्चको तर्फबाट यस वर्ष पनि सहयोग गर्ने पोखरेली मञ्च यूकेका सल्लाहकार महेश गुरुङले बताए ।
नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दीननाथ बरालले दिएको उक्त अवार्डको प्रपोजलमा आफुहरूले केही न केही सहयोग गर्ने मञ्चका अध्यक्ष गुरुङले बताए । मञ्चको नवनिर्वाचित अध्यक्ष बरालले पोखरा स्पोट्र्स अवार्ड यस वर्ष छोटो समयमै गर्नुपर्ने भएकाले स्वदेशी तथा विदेशी विभिन्न संघ संस्थाको सहयोग आवश्यक भएको बताए । उक्त संक्षिप्त कार्यक्रममा पोखरेली मञ्च यू.के.का सल्लाहकार महेश गुरुङसहित पोखरेली मञ्च यूकेका सल्लाहकारहरू शेरा गुरुङ, भोजबहादुर गुरुङ, रुपक गुरुङ, सहारा क्लवका अध्यक्ष संस्थापक अध्यक्ष वसन्त थकाली, पुर्व अध्यक्षद्वय विक्रम थकाली र वीरभद्र आचार्य लगायतको थिए ।
मञ्चले आयोजना गर्ने उक्त अवार्डबाट लाइभ टाइम अचिभमेन्ट अवार्ड, बर्ष उत्कृष्ट खेलाडी महिला तथा पुरुष, उदयमान खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट खेल संघ, उत्कृष्ट पत्रकार लगायतको बिधामा अवार्ड वितरण गर्दै आएको छ । उक्त कार्यक्रम सम्पन्न गर्न करिब ३० लाख खर्च लाग्ने अध्यक्ष बरालले जनाए ।

प्रतिक्रिया दिनुहोस्