एनएमबी बैंकको नाफा १ अर्ब कट्यो «

एनएमबी बैंकको नाफा १ अर्ब कट्यो

एनएमबी बैंकले आव ०७४-७५ को दोस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त वित्तीय विवरण अनुसार एनएमबी बैंकले अघिल्लो आर्थिक वर्षको समीक्षा अवधिमा भन्दा खुद मुनाफामा ४३ प्रतिशतभन्दा बढीले वृद्घि गरी १ अर्ब रुपैयाँ कटाउन सफल भएको जनाएको छ । त्यसैगरी बैंककोे आव ०७४-७५ मा निक्षेप ८.६ अर्ब तथा कर्जा ६.६ अर्बले बढाएको छ । उच्च वित्तीय प्रगति प्रदर्शन गर्दै हाल बैंकको निक्षेप ८०.५५ अब पुगेको छ भने कर्जा ७०.९३ अर्ब पुगेको छ । यस अवधिमा बैंकले आप्नो निश्क्रिय कर्जालाई १.६७ प्रतिशतबाट झारेर १.२० प्रतिशतमा पु¥याएको पनि जनाएको छ । हाल एनएमबी बैंकको ९३ वटा शाखा, ४ वटा एक्सटेन्सन काउन्टर र ८७ वटा एटीएमहरूबाट सेवा प्रदान गर्दै आएको छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस्