Logo

जुत्ता चप्पल व्यापार मेला जारी

काठमाडौंको भृकुटी मण्डपमा जुत्ता चप्पल व्यापार प्रवद्र्धन मेला २०७९ सुरु भएको छ ।
उद्योग मन्त्रालयका सचिव अर्जुन प्रसाद पोखरेलले बिहीबार मेलाको उद्घाटन गरेका हुन् । सचिव पोखरेलले उद्योग र उपभोक्तासँग प्रत्यक्ष जोडिन मेला सफल हुने बताए । स्वदेशी उत्पादनलाई गुणस्तरीय र उपभोक्तामुखी बनाउनु पर्ने उनको भनाइ छ ।
फुटवयर म्यानुफ्याक्चरस एसोसियसन अफ नेपालको आयोजनामा मेला सुरु भएको हो । एसोसिएसनका अध्यक्ष नानीराज घिमिरेले स्वदेशी ब्राण्डको प्रवद्र्धन गर्न राज्यले भूमिका खेल्नुपर्ने बताए ।
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठ, चेम्बर अफ कमर्शका उपाध्यक्ष सुरेन्द्र श्रेष्ठ, एसोसिएसनका पूर्व अध्यक्ष भीमलाल पौड्याल, होमनाथ उपाध्याय, प्रथम उपाध्यक्ष चोककुमार श्रेष्ठ, महासचिव ज्ञानेन्द्र दाहाल लगायतले धारणा राखेका थिए । ८ जेठसम्म सञ्चालन हुने मेलामा स्वदेशी २२ कम्पनीका करिब सय वटा स्टल छन् ।
मेलामा भारी छुटमा उपभोक्ताले जुत्ता चप्पल खरिद गर्न सक्नेछन् । १० देखि ५० प्रतिशतसम्म छुट प्रदान हुनेछ । र

प्रतिक्रिया दिनुहोस्