मुक्तिनाथ विकास बैंक र डेन्टल प्रो बीच सम्झौता «

मुक्तिनाथ विकास बैंक र डेन्टल प्रो बीच सम्झौता

मुक्तिनाथ विकास बैंकले काठमाडौंको बालाजु स्थित डेन्टलप्रो एण्ड इम्प्लान्ट क्लिनिकसँग सम्झौता गरेको छ ।
सम्झौतासँगै बैंकका भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकले सोक्लिनिकका विभिन्न सेवा प्रयोग गर्दा २० प्रतिशतसम्म छुट पाउने भएका छन् । बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभर रहेको भिसा नेटवर्कमा आवद्ध अन्य जुनसुकै बैंकको एटीएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको जनाएको छ ।
त्यसै गरी प्रिपेड डलर कार्ड, मोबाइल बैंकिङ, क्यूआर कोड, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ, खातामै रेमिट्यान्स जम्मा तथा मिस्डकल बैंकिङ खता पनि सञ्चालनमा ल्याएको जनाएको छ । यी सेवाहरुको उपयोग गर्दा ग्राहकले बैंकको शाखामा भौतिक रुपमा उपस्थित हुन अनिवार्य नरहेको पनि बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्