नेपाल एसबिआई बैंक र सिटी एक्सप्रेस मनि ट्रान्सफरबीच सहकार्य

नेपाल एसबिआर्ई बैंक र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच रेमिटान्स सम्झौता भएको छ ।
सिटी एक्सप्रेसका तर्फबाट प्रबन्ध निर्देशक चन्द्र टण्डन र नेपाल एसबिआर्ईका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपककूमार देको उपस्थितिमा, नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत मोहम्मद रिजवान आलमले सो सम्झौतामा हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार नेपाल एसबिआई बैंकको रेमिटान्स सिस्टमबाट आउने रकम सिटी एक्सप्रेस मनी ट्रान्सफरका १५ हजार भन्दा बढी सहायक प्रतिनिधिमार्फत भुक्तानी हुने र सिटी एक्सप्रेसमार्फत आएको रेमिटेन्स नेपाल एसबिआई बैंकको सम्पूर्ण शाखाबाट भुक्तानी गर्ने सम्झौता भएको छ ।