लोडसेडिङले उद्योग बन्द हुने चेतावनी «

लोडसेडिङले उद्योग बन्द हुने चेतावनी

विद्युत आपूर्तिमा देखिएको समस्या तत्काल समाधान गर्न नेपाल उद्योग वाणिज्य महासंघले आग्रह गरेको छ । औद्योगिक क्षेत्रमा चर्को लोडसेडिङले पछिल्ला दिनमा उद्योगहरू गम्भीर संकटमा पर्न थालेको भन्दै महासंघले मुलुकका प्रमुख औद्योगिक करिडोरका सयौं उद्योग १२ देखि १६ घण्टासम्मको चर्को लोडसेडिङले थला पर्ने अवस्थामा पुुगेका जनाएको छ ।
यसले उद्योगहरूमा ठूलो आर्थिक नोक्सानी, उत्पादकत्वमा प्रतिकूल असर पर्नुका साथै मुलुुकको अर्थतन्त्रमै गम्भीर संकट आउनेतर्फ निजी क्षेत्र चिन्तित भएको छ । चर्को लोडसेडिङले उद्योग सञ्चालन गर्न नसक्ने अवस्था आएकोतर्फ ध्यानाकर्षण गराउँदै महासंघले अविलम्ब समस्या समाधानमा सहयोग गर्न आग्रहसहित सयौं उद्योगहरूबाट महासंघमा अनुरोध पत्र आएको जनाएको छ ।
यसैबीच, नेपाल विद्युत प्राधिकरणले तत्काल विद्युत आपूर्ति सूचारु नगर्ने हो भने सम्पूर्ण उद्योग बन्द गर्न बाध्य हुने पूर्वका उद्योगीहरुले जनाएका छन् । मंगलबारसम्म विद्युत आपूर्तिको समस्या सम्बोधन नभए चरणबद्ध आन्दोलनमा उत्रने पनि उनीहरुको भनाइ छ ।
लामो समय विद्युत कटौती, ट्रिप्लिङ, लो भोल्टेज लगायतका समस्याबाट नियमित तालिकाअनुसार उद्योग सञ्चालन गर्न नसक्ने, अपर्झट विद्युत आपूर्ति बन्द हु“दा करोडौं पर्ने मेसिनहरूमा क्षति पुुग्ने, उद्योग सञ्चालन नहु“दा कामदार कर्मचारीको तलब ज्याला, उत्पादन कटौती हु“दा सामान डेलिभरी, उत्पादनको क्रममा रहेको कच्चा पदार्थ खेर जाने, बैंकको चर्को ब्याज र सा“वा भुक्तानी लगायतमा गम्भीर समस्या पर्न गएकोतर्फ महासंघले सरकार र नेपाल विद्युत प्राधिकरणको गम्भीर ध्यानाकर्षण गराएको छ ।
यसले मुुलुुकको औद्योगिकरणको यात्रामै गम्भीर धक्का दिने भन्दै महासंघले एकातर्फ प्राधिकरणले नै विद्युत खपत बढाउन आग्रह गर्ने र अर्कोतर्फ विना सूचना घण्टौं विद्युत आपूर्ति अवरुद्ध पार्नुले थप चिन्ता भएको जनाएको छ ।
उत्पादन लागत निरन्तर बढिरहेको अहिलेको अवस्थामा पुनः चर्को लोडसेडिङको समस्याले मुलुकको निर्यातमा गम्भीर धक्का लाग्ने र यसले समग्रमा मुलुकको शोधनान्तर घाटालाई थप फराकिलो बनाउने छ । विद्युतको नियमित आपूर्ति हुन नसक्ने हो भने आर्थिक वृद्धिको प्रक्षेपणमा धक्का लाग्ने तथा उद्योगहरूको प्रतिस्पर्धी क्षमता गुुम्न गई समग्रमा निर्यात नै प्रभावित निजी क्षेत्रको भनाइ छ ।
विद्युत उर्जाको विकल्पमा जेनेरेटर प्लान्टबाट उद्योग सञ्चालन गर्दा उच्च लागत पर्ने र अहिले इन्धनको बढ्दो लागतका कारण त्यो असम्भवप्रायः भएकोले उत्पादित वस्तुु आपूर्ति गर्दा बजारमा झन् महँगो हुने पनि महासंघले जनाएको छ ।
निजी क्षेत्रका ऊर्जा उत्पादकहरूस“ग थप ऊर्जा उत्पादन गर्न सक्ने क्षमता भएकाले प्राधिकरणले तत्काल छलफल गरी समाधानको उपाय निकाल्नुुपर्ने, विद्युत खरिद सम्झौता (पीपीए) तत्काल खोल्न र आयातित विद्युतको गुणस्तरमा ध्यान दिनुुपर्नेतर्फ महासंघले सरकार र प्राधिकरणलाई आग्रह गरेको छ । चौतर्फी संकटमा रहेका उद्योगहरूले पछिल्लो पटक भोग्नुुपरेको उर्जा समस्या समाधानमा सरकारलाई गम्भीर हुन आग्रह गर्दै महासंघले समस्या समाधान नभएमा जुनसुकै समय उद्योगहरू बन्द गर्नुपर्ने बाध्यता आउने पनि जनाएको छ ।
वर्तमान विद्युत संकटका सम्वन्धमा मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ र नेपाल उद्योग परिसंघ, प्रदेश नं. १ ले लोडसेडिङको तालिका सार्वजनिक गर्नुपर्ने, स्वदेशी विद्युत उत्पादन क्षमताको अधिकतम उपयोग गर्नुपर्ने, विद्युतको डिमान्ड शुल्क खारेज गर्नुपर्ने माग राखेको छ । विद्युत आपूर्ति बन्द भई कलकारखाना नै ठप्प भएको समयमा विद्युत डिमाण्ड शुल्क लगाउनु उपयुक्त नभएकोले उनीहरुको भनाइ छ ।
विगत केहि दिनदेखि पूर्व सूचना बेगर औद्योगिक क्षेत्रमा १२ घण्टा भन्दा बढी विद्युत आपूर्ति अवरोध हुदै आएकोमा गत दुई दिन देखि २४ सै घण्टा विद्युत आपूर्ति ठप्प भएकोले तीनै संगठनले संयुक्त रुपमा विना पूर्व सूचना विद्युत लाईन अवरुद्ध हुँदा उत्पादन प्रकृयामा अवरोध हुने, कच्चा पदार्थ, मिल मेशिनरीमा क्षति तथा श्रमिकको कार्य व्यवस्थापनमा समेत कठिनाइ उत्पन्न भएकोले विद्युत आपूर्तिको अवस्थालाई यथार्थ प्रस्तुत गरी लोडसेडिङको तालिका अविलम्ब सार्वजनिक गरी उद्योग सञ्चालन प्रक्रियामा सहजीकरण गर्न माग गरेको हो ।
उद्योग सञ्चालनमा अक्सिजनको भूमिका निर्वाह गर्ने विद्युतको निरन्तर आपूर्तिलाई प्राधिकरणको प्रतिष्ठामै प्रश्न लाग्ने गरी कुनैपनि तालिका सार्वजनिक नगरी पटक पटक आपूर्ति बन्द गरिदिँदा उत्पादनको क्रममा रहेका कच्चा पदार्थहरु खेर जानुका साथै श्रमिकहरुको व्यवस्थापनमा समेत कठिनाइ उत्पन्न भएको भन्दै उनीहरुले यस्तो अवस्था रही रहेमा अत्वाश्यक वस्तु लगायत सम्पूर्ण उत्पादन प्रकृया नै ठप्प भई आपूर्ति श्रृखंला अवरोध हुने पनि जनाएको छ ।
नेपाल उद्योग परिसंघ, प्रदेश नं.१ का अध्यक्ष भीम घिमिरे, उद्योग संगठन मोरङका कार्यवाहक अध्यक्ष प्रदीप मुरारका तथा मोरङ व्यापार संघका अध्यक्ष नविन रिजालद्वारा हस्ताक्षरित संयुक्त पत्रका अनुसार नेपालका विद्युत उत्पादक कम्पनीहरुले नेपाल विद्युत प्राधिकरणसँग सम्झौता गरेको परिमाणभन्दा बढी विद्युत उत्पादन गर्न सक्ने अवस्थामा थप विद्युत उत्पादनलाई प्रोत्साहन गरी स्वदेशी उत्पादनलाई अधिकतम उपयोग गरी वर्तमान संकटको समाधान गर्न आग्रह गरिएको छ ।
साथै, वर्तमान ड्राइ सिजनमा रन अफ रिभरमा आधारित विद्युत गृहबाट जडित क्षमताभन्दा कम विद्युत उत्पादन हुनुका साथै भारतबाट समेत आशातित रुपमा विद्युत उपलब्ध नभइरहेको वर्तमान अवस्थालाई मध्यनजर गरी विद्युत आपूर्ति नियमित नहुञ्जेल विद्युत आपूर्तिको समस्या राष्ट्रिय समस्याको रुपमा लिई औद्योगिक क्षेत्रमा मात्रै विद्युत अवरुद्ध नगरी पिक आवरमा उद्योग एवं गार्हस्थ्य सबै क्षेत्रमा समानुपातिक र न्यायोचित वितरण गर्नुपर्ने पनि उद्योगहरुको माग छ ।
यस्तै, नेपालले विद्युत आपूर्ति अवरोध हुँदा औद्योगिक क्षेत्रमा पुगेको क्षतिलाई मध्यनजर गरी भारतसँग कूटनीतिक पहल गरी यथाशक्य आपूर्ति नियमित गराउन पहल गर्नुपर्ने र सो संकटको समाधान खोज्नुपर्ने पनि उद्योगीहरूको माग छ ।
विगत २ वर्षदेखि कोभिडको महामारीबाट थला परेका उद्योग व्यवसाय क्षेत्रले केही महिनायता भोग्नुपरेको वित्तीय संकट तथा बढ्दो व्याजदरले मरणासन्न पु¥याएको अवस्थामा बिना पूर्वसूचना विद्युतमा भएको यस प्रकारको अवरोधले उद्योग करकारखाना चलाउनै नसक्ने अवस्था सिर्जना भएको उद्योगीको भनाइ छ ।
नेपाल विद्युत प्राधिकरणले हाल भारतबाट विद्युत आयात गर्न नसकिएको भन्दै उद्योगमा विद्युत कटौती गरिरहेको छ । भारतले मागेजति विद्युत दिन नसकेपछि उद्योगमा फेरि लोडसेडिङ सुरु भएको हो । प्राधिकरणका अनुसार नेपालले भारतबाट दैनिक ३०० मेगावाट विद्युत ल्याएर माग धानिरहेको थियो । भारतबाट चाहिएजति बिजुली पाउन छाडेपछि उद्योगमा साँझ ६ बजेदेखि बिहान ६ बजेसम्म १२ घण्टा लोडसेडिङ सुरु भएको छ ।
हाल नेपालको उत्पादन ९०० मेगावाट छ । यस्तै पिक समयमा माथिल्लो तामाकोशी जलविद्युत आयोजना चलाउँदा १२०० मेगावाट बिजुली उत्पादन हुन्छ । तर, आन्तरिक माग १५०० देखि १६०० मेगावाट छ । अप्रिल महिनामा भारतमा बिजुलीको माग ह्वात्तै बढेर २ लाख मेगावाट पुगेको छ । यसअघि १ लाख ८० मेगावाट माग रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्