नेपाल बंगलादेश बैंक र नेपालीरिका होटलबीच सम्झौता «

नेपाल बंगलादेश बैंक र नेपालीरिका होटलबीच सम्झौता

नेपाल बंगलादेश बैंक र नेपालीरिका होटल प्रालिबीच समझौता भएको छ ।
सम्झौतासँगै बैंकको औपचारीक विद्युतीय भुक्तानी प्रणालीबाट भुक्तानी गर्ने ग्राहकलाई होटलले आफ्ना सम्पूर्ण युनिटबाट प्रदान गरिने सेवामा विशेष छुट प्रदान गर्ने भएको छ । यसअन्तर्गत नेपाल बंगलादेश बैंकको डेबिट तथा क्रेडिट कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, क्यूआर भुुक्तानी प्रणाली लगायतका बैंकका विद्युतीय भुक्तानी च्यानलहरू प्रयोग गरी भुक्तानी हुने नेपालीरिका होटलका फुड एण्ड बेभरेज सेवामा १० प्रतिशत र रुम सेवामा १५ प्रतिशतको नगद छुट प्रदान गरिने छ ।
होटलले विषेश छुट प्रदान गरी ९९,९९९ रुपैयाँमा वार्षिक सदस्यता प्रदान गर्नेछ । वार्षिक सदस्यता अन्तर्गत वर्षभरी ५ वटा डिलक्स रुम, निःशुल्क स्विमिङ पुल, निःशुल्क सौना, स्टिमबाथ र जिमसेवा तथा होटलका सम्पूर्ण रेस्टुुरेन्टहरुमा १० प्रतिशतको छुट प्राप्त गर्न सकिने सम्झातौमा उल्लेख छ ।
देशका महत्वपूर्ण पर्यटकीय स्थलहरूमा आफ्नो होटल चेन बिस्तार गर्ने उद्देश्य राखी स्थापना भएको नेपालीरिका होटलले क्रिमसन होटलको व्यवस्थापन अन्तर्गत रहने गरी हाल मोरङको विराटचोक र झापास्थित दमकमा थ्री–स्टार स्टाण्डर्डका होटल सञ्चालनमा ल्याइसकेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्