ज्योति विकास बैंकले ल्यायो भिसा डेबिट कार्ड

ज्योति विकास बैंकले एससिटी डेबिट कार्डलाई प्रतिस्थापन गरी भिसा डेबिट कार्ड ल्याएको छ । एससिटी डेबिट कार्डका ग्राहकले पुरानो कार्डको सट्टामा सबन्धित शाखाबाट भिसा कार्ड निःशुल्क प्राप्त गर्न सक्ने बेकले जनाएको छ । बैक आत्याधुनिक सेवा प्रदान गर्न सदैव कटिबद्ध रहेको भन्दै आफ्ना ग्राहकको आवश्यकता र सुविधालाई ध्यानमा राखि बैंकले निःशुल्क इन्टरनेट बैंकिङ सेवा, मोबाइल बैंकिङ सेवा, लकर सेवा, एटीएम सेवा, ३६५ दिने बैंकिङ सेवाका साथ एबीबीएस सेवासमेत उपलब्ध गराएको जनाएको छ । हाल बैंकले ५० वटा शाखा एवं १४ वटा एटीएममार्फत सेवा उपलब्ध गराउँदै आएको छ । निमित्त प्रमुख कार्यकारी अधिकृत मदनकुमार महतका अनुसार निकट भविष्यमा नै बैंकको १० वटा नयाँ शाखा सञ्चालनमा ल्याउने लक्ष्य छ । हालसम्म बैंकले करिब १ लाख २२ हजारभन्दा बढी खाताबाट १३ अर्ब ४५ करोड निक्षेप संकलन गरी १० हजारभन्दा बढी ऋणीमार्फत १२ अर्व ४३ करोड ऋण लगानी गर्न सफल भएको छ । बैंकले हालै जारी गरेको बोनस सेयरसमेत गरी कुल चुक्तापुँजी रु.२ अर्ब ५९ करोड पुग्नेछ ।