Logo

आइएमई लाइफ इन्स्योरेन्सकोे चौथो वार्षिक साधारणसभा

आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको चौथो वार्षिक साधारणसभा सम्पन्न भएको छ । सो सभामार्फत कम्पनीले आर्थिक वर्ष २०७६-०७७ को सञ्चालक समितिको प्रतिवेदनसहित वित्तीय विवरण पारित गरेको छ ।
उक्त कार्यक्रममा सञ्चालक समितिको निर्वाचन गरी नयाँ सञ्चालक समितिको गठन गरिएको कम्पनीले जनाएको छ । कम्पनीमा सर्वसाधारणलाई छुट्टाइएको सेयर जारी गर्ने प्रस्ताव पारित गरी आइएमई लाइफ इन्स्योरेन्स कम्पनी र अन्य कुनै जीवन बिमा कम्पनी गाभ्न गाभिन वा प्राप्ति गर्नेसम्बन्धी आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्न स्वीकृत दिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्