सशस्त्र प्रहरी नेपाल र राष्ट्रिय वाणिज्य बैंकबीच सम्झौता
सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय वाणिज्य बैंकबीच सम्झौता भएको छ । सम्झौतासँगै बैंकले सशस्त्र प्रहरी कर्मचारीको हित तथा सुविधाका लागि तलबी बचत खाता सञ्चालन तथा कर्जा कारोवार लगायतका बैंकिङ सुविधा प्रदान गर्ने छ । सो सम्झौतामा सशस्त्र प्रहरी नायव महानिरीक्षक बिदुर खड्का र बैंकका नायव प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारीले हस्ताक्षर गरेका छन् ।
सशस्त्र प्रहरी नेपालमा कार्यरत राष्ट्रसेवकले पाउने तलब भत्ता तथा आर्थिक सुविधाहरु अनिवार्य रुपमा बैंक खाता मार्फत भुक्तानी गर्नुपर्ने नेपाल सरकारको नीति अनुरुप भएको सो सम्झौता भएको बताइएको छ ।
यस्तै सशस्त्र प्रहरीले विना धितो ५ वर्षका लागि अधिकतम १५ लाख रुपैयाँसम्मको ऋण सुविधा पाउनुका साथै बैंकले प्रदान गरिरहेको अन्य विविध सुविधाहरु समेत पहिलो वर्षको लागि निःशुल्क र त्यसपश्चात न्यून शुल्कमा उपभोग गर्न पाउने छन् ।