रेमिट्यान्स भित्र्याउनेमा चीन भन्दा भारत अगाडि «

रेमिट्यान्स भित्र्याउनेमा चीन भन्दा भारत अगाडि

नयाँ दिल्ली-

विश्वमै प्रवासीद्वार आफ्नो मुलुकमा पैसा पठाउने मामिलामा भारत सबै भन्दा अगाडि रहेको छ । २०१८ मा प्रवासी भारतीयले कुल ७९ अर्ब डलर भारत पठाएका थिए । विश्व बैंकको माइग्रेसन एन्ड डेभलपमेन्ट ब्रिफमा यो जानकारी दिइएको हो । भारतपछि रेमिट्यान्स भित्र्र्याउने दोस्रो ठूलो मुलुकमा चीन रहेको छ । गत वर्ष चीनले ६७ अर्ब डलर विदेशबाट आफ्नो मुलुक पठाएको थियो । यसपछि मेक्सिको ३६ अर्ब डलर, फिलिपिन्स ३४ अर्ब डलर र इजिप्टले २९ अर्ब डलर आफ्नो मुलुकमा भित्र्र्याएका थिए ।
विगत ३ वर्षको अवधिमा भारतीय प्रवासीले पठाएको विप्रेषण लगातार राम्रो रहदै आएको छ । भारतीयले २०१६ मा ६२.७ अर्ब डलर, २०१७मा ६५.३ अर्ब डलरको विप्रेषण पठाएका थिए ।
यसैगरी पाकिस्तानी प्रवासीले पठाएको विप्रेषणमा पनि ७ प्रतिशतको वृद्धि भएको छ । बंगलादेशमा भित्रिएको विप्रेषणमा पनि १५ प्रतिशतको विशाल वृद्धि भएको छ ।
रिपोर्टका अनुसार कम तथा मध्यम आय भएका देशमा २०१८ मा ५२९ अर्ब डलरको कीर्तिमानी रकम भित्रिएको छ । यो २०१७ को ४८३ अर्ब डलरको तुलनामा ९.६ प्रतिशतले उच्च हो । २०१८ मा विश्वभरी गरेर ६८९ अर्ब डलरको विप्रेषण भित्रिएको छ । दक्षिण एसियामा पठाइएको विप्रेषणमा १२ प्रतिशतको वृद्धि भएर १३१ अर्ब डलर पुगेको छ । या २०१७ को तुलनामा ६ प्रतिशतले बढी हो ।
अमेरिकी आर्थिक अवस्थामा आएको सुधार र तेलको मूल्यमा भएको वृद्धिका कारण विप्रेषण प्रवाहमा यो वृद्धि भएको विश्व बैंकको प्रतिवेदनले देखाएको छ । तेलको मूल्यमा भएको वृद्धिले गल्फ कोअपरेसन काउन्शील (जीसीसी) ले कैयौ देशमा पठाउने रकममा सुधार भएको हो ।
जीएसीसीमा बहराइन, कवेत, ओमान, कतार, साउदी अरेबिया र यूएई रहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्