Logo

निर्माण व्यवसायीद्वारा धर्ना

धनकुटा- निर्माण ब्यबसायी संघ धनकुटाले मंगलबार जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएको छ ।
निर्माण सामग्रीमा भएको उच्च मूल्यवृद्धि, निर्माण कार्यको म्यादथप, सार्वजनिक खरिद नियामावलीको एघारौ संशोधनमा आएका केही प्रावधान, विमा निर्देशिका लगायत संशोधन र खारेजीका विषयलाई लिएर निर्माण व्यावसायीहरूले प्रशासनमा धर्ना दिएको निर्माण ब्यबसायी संघ धनकुटाका कार्यबाहक अध्यक्ष प्रकास थुलुङ राईले जानकारी दिए । निर्माण सामग्रीमा उच्च मूल्यवृद्धि हुँदा पनी ठेक्का प्रक्रियाको दररेटमा कुनै हेरफेर नगरिएको भन्दै त्यसको सम्बोधनको लागि समेत आन्दोलित हुनु परेको व्यावसायीको भनाई छ । माग सम्बोधन नभएसम्म आन्दोलन जारी रहने जनाइएको छ । उनीहरूले अत्याबश्यक निर्माणबाहेक अन्य निर्माणका कार्यलाइ कन्ट्रक्सन होलिडे गर्न समेत माग गरेको छन् ।

प्रतिक्रिया दिनुहोस्