Logo

केकी अधिकारी सिल्क वेयर ब्रान्डको ब्रान्ड एम्बेसडर

नेपालमा नै उत्पादन हुने अन्तर्राष्ट्रिय स्तरको धाराको ब्रान्ड सिल्क वेयरले नायिका केकी अधिकारीलाई ब्रान्ड एम्बेसडरमा नियुक्त गरेको छ । नेपालको एकमात्र आइएसओ सर्टिफाइड कम्पनी रहेको कम्पनीका प्रबन्ध निर्देशक राजन झाले बताए ।
राजधानीमा मंगलबार एक समारोहकाबीच ब्रान्ड एम्बेसडरका लागि केकी अधिकारी र कम्पनिका निर्देशक राजन झाबीच सम्झौता आदन–प्रदान भएको थियो । केकी अधिकारीलाई कम्पनिले ३ वर्षका लागि ब्रान्ड एम्बेसडरमा नियुक्त गरेको जनाएको छ । यस्तै सिल्क वेयर को धाराका सामानहरु भने जोनसन इन्टरनेसनलले बजारमा ल्याएको छ । कम्पनीले आफ्ना उत्पादनहरुमा १० वर्षको रिप्लेसमेन्ट ग्यारेन्टी दिने र विभिन्न ९ भेराइटीमा बजारमा उपलब्ध भएको पनि उक्त कार्यक्रममा जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्