मुक्तिनाथ विकास बैंक र भरतपुर टाउन रेसिडेन्सीबीच सम्झौता «

मुक्तिनाथ विकास बैंक र भरतपुर टाउन रेसिडेन्सीबीच सम्झौता

मुक्तिनाथ विकास बैंक र चितवनको भरतपुरस्थित भरतपुर टाउन रेसिडेन्सीबीच छुट दिनेबारे सम्झौता भएको छ ।
सो सम्झौतासँगै बैंकको भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङमार्फत भुक्तानी गर्ने ग्राहकले भरतपुर टाउनको सेवामा १० प्रतिशतसम्म छुट पाउने छन् । सम्झौतासँगै बैंकका ग्राहकले भरतपुर टाउन रेसिडेन्सी लाउन्ज एण्ड बार मा बसाई र खाना तथा परिकारमा विशेष छुट प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।
बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभरी रहेका भिसा नेटवर्कमा आवद्ध अन्य जुनसुकै बैंकको एटीएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।
त्यसैगरी प्रिपेड डलर कार्ड ,मोबाईल बैंकिङ, क्यूआर कोड, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ, खाता मै रेमिट्यान्स जम्मा तथामिस्डकल बैंकिङ सेवा समेत उपलब्ध रहेको बैंकले जनाएको छ

प्रतिक्रिया दिनुहोस्