Logo

टोस्टमास्टर्स नेपालको पहिलो नेपाली भाषाको क्लब

नेपाली भाषाको पहिलो क्लब स्थापना गर्दै टोस्टमास्टर्स नेपालले एक ऐतिहासिक सुरुवात गरेको छ ।
टोस्टमास्टर्स नेपालको ५४औं क्लबको रुपमा ६ वैशाखमा नेपालमै पहिलो पटक नेपाली भाषाको सगरमाथा टोस्ट मास्टर्स क्लबको स्थापना गरिएको हो ।
डिस्ट्रिक्ट ४१ का डिस्ट्रिक्ट डिरेक्टर डिस्टिङगुइष्ड टोस्टमास्टर रन्जित आचार्यले सगरमाथा टोस्ट मास्टर्स क्लबका संस्थापक सदस्य तथा नवनिर्वाचित कार्यसमितिको सपथ ग्रहण गराएका थिए । यस्तै सगरमाथा टोस्टमास्टर्स क्लबका नवनिर्वाचित क्लब अध्यक्ष अनिल केशरी शाहले यस क्लबमार्फत नेपालैभरि यस्तै नेपाली भाषी टोस्टमास्टर्स क्लबहरु खोल्न सकिने उदाहरण सिर्जना गर्नुपर्ने विषयमा जोड दिए ।
क्लबको भाइस प्रेजिडेन्टमा मनिष झा, सरोज बानिँया र नग्मा श्रेष्ठलाई नियुक्त गरिएको छ भने सचिवमा समिर उपाध्यायलाई नियुक्त गरिएको छ । त्यस्तै कोषाध्यक्षमा सुभास सापकोटा र सर्जेन्ट एट आम्र्समा सरिता श्री ज्ञवालीसहित २४ संस्थापक सदस्यलाई कार्यसमिति सदस्यमा नियुक्त गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्