Logo

क्यान इन्फोटेकमा एसोसेरिजका स्टलमा विशेष छुट

आइएमइ पे क्यान इन्फोटेक २०२२ को पाँचौं दिन सूचना प्रविधि सम्बन्धि कलेज तथा स्टार्टअप एवं इन्नोभेसनमा अवलोकनकर्ताको आकर्षण देखिएको छ । गत बुधबारदेखि काठमाडौंको भृकुटीमण्डपमा जारी मेला सोमबार (आज) सम्पन्न हुँदैछ । इन्फोटेकको अन्तिम दिन आईसीटी एक्सेसेरिज र अन्य विभिन्न स्टलहरूमा विशेष छुट तथा अफरहरूको व्यवस्था गरिएको छ ।
६ दिनसम्म चल्ने इन्फोटेकको दोश्रो अन्तिम दिन आइतबार अन्य दिनको तुलनामा विद्यार्थीहरुको अत्यधिक भिड रहेका कारण सन वे कलेज, सफ्टवारिका कलेज, कान्तिपुर सिटी कलेज, एन.सि.आई.टी कलेज, एल.बि.इ.एफ. कलेज लगायतका सूचना तथा सञ्चार प्रविधि सम्बन्धि अध्ययन हुने कलेजहरुमा विद्यार्थीहरुको भिड देखिन्थ्यो ।
विद्यार्थीहरुद्वारा निर्मित सेन्सरमा आधारित उपकरणहरु, थ्री डी प्रिन्टीङ्ग, मान्छेको क्रियाकलापमा आधारित इलेक्ट्रोनिक्स चार्जिङ्ग, तिन पाङ्ग्रे गाडी, ड्रोन, साइकल रहेका कारण सोहि विधामा अध्ययनरत विद्यार्थीहरु तथा अवलोकनकर्ताहरुमा आकर्षण देखिन्थ्यो । इन्फोटेकको सिल्भर प्रायोजक टेक्मिन्ट इन्नोभेसन्सको ए.आईमा आधारित च्याटबोट, भिडियो के.वाई.सि, कन्ट्राक्ट म्यानेजमेन्टमा पनि अवलोकनकर्ताको रुचि तथा आकर्षण देखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्