ट्राफिकलाई नाडाका कुर्सी «

ट्राफिकलाई नाडाका कुर्सी

 नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत महानगरीय ट्राफिक प्रहरी महाशाखालाई ७० थान कुर्सी प्रदान गरेको छ । नाडाका अध्यक्ष शम्भुप्रसाद दाहालले एक कार्यक्रमका बीच महानगरीय ट्राफिक महाशाखाका प्रमुख वसन्त पन्तलाई कुर्सी हस्तान्तरण गरेका थिए ।
सो कार्यक्रममा नाडाका उपाध्यक्षद्धय कृष्णप्रसाद दुलाल तथा प्रकाश कपुरी उपस्थित थिए । त्यसैगरी कार्यक्रममा नाडाका महासचिव सुनिल रिजाल, सचिव अनुप बराल, कोषाध्यक्ष सुरेन्द्र उप्रेती, सहकोषाध्यक्ष विक्रम सिंहानिया समेतको उपस्थिति रहेको थियो । साथै कार्यक्रममा महाशाखाका उच्च अधिकृत पनि उपस्थित थिए ।
नाडाले विगतमा पनि आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत विगतदेखि नै सो महाशाखालाई विभिन्न किसिमको सहयोग पु¥याउँदै आएको छ । यस्तो आपसी सहयोग र समन्वयबाट नाडा र महाशाखाबीचको सम्बन्ध थप सुदृढ भएको नाडाले जनाएको छ । नाडाको तर्फबाट उक्त कार्यको संयोजन महासचिव सुनिल रिजाल र सचिव अनुप बरालले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्