हिरोको ‘हिरोडपति’ नयाँ वर्ष योजना «

हिरोको ‘हिरोडपति’ नयाँ वर्ष योजना

हिरो मोटरसाइकलको नेपालको लागि आधिकारिक विक्रेता नेपाल जनरल मार्केटिङले नयाँ वर्ष २०७६ को अवसरमा हिरोका मोटरसाइकल तथा स्कुटरहरुमा विशेष छुटको योजना सार्वजनिक गरेको छ ।
‘हिरोडपति नयाँ वर्ष योजना’ नाम रहेको उक्त योजना अन्तर्गत हिरोका कुनै पनि मोटरसाइकल वा स्कुटर किन्ने ग्राहकले स्क्राचमामा १ लाख रुपैयाँसम्म छुट पाउने छन् । त्यस्तै लक्की ड्र अन्तर्गत १५ दिनमा १ जनाले १. लाखसम्म पाउन सक्ने छन् । यसका साथै तत्काल हिरोफेरि योजना अन्तर्गत ५ मिनेटमा एक्सचेन्ज र सजिलो हिरो योजना अन्तर्गत हिरोका सबै मोटरसाइकल र स्कुटर किन्न उपत्यका भित्र शून्य प्रतिशत डाउनपेमेन्ट र उपत्यका बाहिर ५ प्रतिशत फाइनान्समा सुविधा उपलब्ध छ ।

 

प्रतिक्रिया दिनुहोस्