कृत्रिमअभाव र कालोबजारी गर्ने जो कोहीलाई कडा कारबाही हुन्छ, आपूर्तिमन्त्री चन्द

आपुर्तिमन्त्री जयन्त चन्दले निर्वाचन निश्पक्ष, स्वतन्त्र र धाँधलीरहित वातावरणमा सम्पन्न हुने विश्वास दिलाएका छन् ।
शनिबार रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलाको नेतृत्वमा देउसी खेल्न पुगेको टोलीसँग आफ्नै निवास लोकन्थलीमा कुरा गर्दै उनले यस्तो बताएकाहुन् । उनले भने, ‘निर्वाचन निश्पक्ष, धाँधलीरहित रुपमा सम्पन्न हुनुपर्छ, निश्चित भैसकेको छ, मंसिर १० र २१ गते हुने दुई चरणमा हुने निर्वाचन निश्चित भएको छ ।’
त्यस्तै उनले आफूले सम्हालेको आपुर्ति मन्त्रालय महत्वपूर्ण मन्त्रालय रहेको उल्लेख गर्दै यो चलाउ सरकार रहेको भएतापनि जनताका आवश्यकताका उपभोग्य साम्रगाीहरुको निरन्तर आपुर्ति, मुल्य सही, गुणस्तरमा पनि ध्यान दिइने बताए । यसमा मेरो सम्पूर्ण ध्यान केन्द्रित भएको छ, उनले भने । आपुर्ति चुस्तदुरुस्त बनाउन आफुले कुनै कसर बाँकी नराखेको समेत मन्त्री चन्दको भनाई थियो ।
त्यस्तै उनले बजारमा देखिएको कालोबजारीको अन्त्य र कृत्रिम अभाव सिर्जना गर्ने जो कोहीलाई कडा कारहबाही गर्ने समेत चेतावनी दिए ।