बर्जर स्पेसेज आइडिया अवार्ड–२०१८ «

बर्जर स्पेसेज आइडिया अवार्ड–२०१८

बर्जर स्पेसेज इन्टेरियर डिजाइनएक्सीलेन्स अवार्ड (आइडिया)–२०१८ को आयोजना स्पेस म्यागाजिनले प्रमुख पेन्ट उत्पादकका रूपमा चिरपरिचित बर्जर जेन्सन एन्ड निकल्सन (नेपाल) सँगको सहकार्यमा गरेको थियो । नेपालमा इन्टेरियर डिजाइनको उचाइ बढाउन तथा इन्टेरियर डिजाइनसँग तल्लिन विद्यार्थीहरू र प्रोफेसनलहरूको सिर्जनात्मककलालाई सम्मान प्रदान गर्ने उद्देश्यका साथ स्पेस म्यागाजिन र बर्जर पेन्ट्सले संयुक्त रूपमा बर्जर स्पेसेज इन्टेरियर डिजाइनएक्सीलेन्स अवार्ड (आइडिया) कोअवधारणा प्रस्तुत गरेका हुन् ।
यस अवार्डको स्थापनासँगैं इन्टेरियर डिजाइनको क्षेत्रमा धेरै प्रतिभाशाली विद्यार्थीहरू र पेसाकर्मीहरू देखा परेका छन् । आइडिया अवार्ड २०१८ का विजेताहरूलाई आयोजित एक समारोहकाबीच पुरस्कृत गरिएको छ । उक्त समारोहको प्रमुख अतिथिका रुपमाख्यातिप्राप्त इन्जिनियर शंकरनाथ रिमाल र विशेष अतिथिको रुपमामिस नेपालवल्र्ड २०१८ शृंखला खतिवडा उपस्थित थिइन् । उनी स्वयं पनि एक आर्किटेक्चरका विद्यार्थी हुनुका साथै आजकायुवा पुस्ता र विद्यार्थीहरूको प्रेरणाको स्रोत हुन् ।
विद्यार्थी तहको प्रतिस्पर्धी समूहमाप्रथम पुरस्कार सुश्री रिया स्थापितले प्राप्त गर्नु भयो भने यसैगरी द्वितीय पुरस्कार स्नेहा श्रेष्ठ र तृतीय पुरस्कार सरिना शिल्पकारले प्राप्त गरेका छन् । प्रोफेसनल तहतर्फ आवासीय समूहका लागि आईडी विदिसा कसेराले उनको परियोजना मेडिसिटी होम्सको निम्ति पुरस्कृत भयो भने बबरमहल भिल्लाज परियोजनाका योजनाकार आर्किटेक्चर वरुणशमशेर जबरा व्यावसायिक समूहको पुरस्कारबाट पुरस्कृत भए ।

 

प्रतिक्रिया दिनुहोस्