Logo

दुरुलेकमा पदमार्ग निर्माण



म्याग्दीको मालिका गाउँपालिका–२ रुमस्थित पर्यटकीय दुरुलेकमा निर्माण गरिएको पदमार्ग निर्माण गरिएको छ ।म्याग्दी र बागलुङको सिमानमा रहेको पर्यटकीय स्थल दुरुलेकमा गण्डकी प्रदेश सरकारबाट प्राप्त बजेटबाट पदमार्ग निर्माण गरिएको हो । गाउँपालिकाको सिफारिस र गण्डकी प्रदेश सरकारबाट प्राप्त २५ लाख रुपैयाँ बजेटबाट पदमार्ग निर्माण गरिएको गाउँपालिकाका उपाध्यक्ष खरमाया विटालुले बताइन् । उनले प्रदेश सरकारको थप १० लाख बजेटबाट पर्यटक बस्ने घर निर्माण गरिएको जानकारी दिइन् ।
समुन्द्री सतहदेखि ३ हजार ४८४ मिटर उचाइमा अवस्थित दुरुलेखमा हिमशृङखला र ग्रामीण भूगोलको अवलोकनका लागि नयाँ वर्षमा म्याग्दी र बागलुङका पर्यटक पुग्ने गर्छन् । प्राकृतिक, जैविक, ऐतिहासिक र धार्मिकस्थलको रुपमा दुरुलेक महत्वपूर्ण रहेको छ । तर, पूर्वाधारसँगै प्रचार–प्रसारे अभावले यसको फाइदा ग्रामीणबासीको आयस्रोतको माध्यम बन्न नसकेको रुमकाचोकेन पुन मगरले बताए । दुरुलेकमा लालीगुरासँको घनाजंगल, दर्जनौ हिमालको दृष्य र म्याग्दी र बागलुङ लगायतजिल्लाको ग्रामीण बस्तीका डाडाँकाडा दृष्यसँग रमाउन पर्यटक आउँछन् । धौलागिरि, अन्नपूर्ण, निलगिरीलगायतका हिमाल एउटै रेञ्जमा नजिकबाट देख्न पाइन्छ । प्राकृतिक दृष्यसँग रमाउन आउने पर्यटकलाई दूरुलेकदेखि झण्डी डिलसम्म पुग्ने पदमार्ग र चौतारी निर्माणले पर्यटकलाई सहज भएको छ ।
पर्यटकका लागिमठ्ठा चढाउने भिरले पनि थप आकर्षण गरेको छ । वसन्त ऋतुसँगै जंगलमा लालीगुराँस फूल्ने हुदाँ फोटो र भिडियो बनाउन विशेष गरी युवायुवती बढी दुरुलेक पुग्छन् । पर्यटकको बसाई लम्ब्याउने बस्ने खाने र रमाउने पर्यटन पूर्वाधार निर्माण गर्न स्थानीय सरकारले गुरुयोजना निर्माण गर्नुपर्ने माग गरिरहेको वडाध्यक्ष नरबहादुर पुनले बताए ।
ताराखोला गाउँपालिकाका ५ सिपका तिलप्रसाद आचार्यले दुरुलेकमा भाकल गरेपछि नौ जना छोरीपछि छोरा नविन आचार्य जन्मिएपछि दुरुलेकस्थित डडेलेख शिवालय मन्दिर र खानेपानी सुविधा निर्माण गरेको जनविश्वास रहेको छ । स्वदेश तथा विदेशमा सोचेको रोजगारी र व्यवसायलगायतको आकांक्षा पूरा हुने विश्वास लिएर युवायुवतीको भीड शिवलालय मन्दिरमा हुने गर्छ ।
सदरमुकामदेखि मालिका गाउँपालिकाको केन्द्र दरवाङ हुँदै अधिभारा, फूलबारी, डाडाँगाउँ, निस्कोट, रुम जैम हुँदै घाङ्ले पानीसम्म सवारी साधनमा पगिन्छ । भने घाङ्लेपानीबाट करिव ५ घण्टा पैदल यात्रा गरेपछि लालीगुरासको घनाजंगल हुँदै गाईभैंसी र भेडा बाख्राका गोठ, वन्यजन्तुको अवलोकन र आवाज सुन्दै पदयात्रामार्फत दुरुलेकमा पर्यटक पुग्छन् ।

प्रतिक्रिया दिनुहोस्