पनामा पुग्यो चीनको बी एन्ड आर, अमेरिका चिन्तित «

पनामा पुग्यो चीनको बी एन्ड आर, अमेरिका चिन्तित

पनामा सिटी-चीनको महत्वाकांक्षी परियोजना ‘वन बेल्ट एन्ड रोड इनिसिएटिभ’ लाई लिएर अमेरिकाको चिन्तामा व्यापक वृद्धि भएको छ । चीनको यो परियोजना अब अमेरिकाको छिमेकी मुलुकसम्म पुगिसकेको छ । चीनले यो परियोजनाका लागि ल्याटिन अमेरिकी देशमा ध्यान केन्द्रित गर्न सुरु गरेको छ । चीनले पनामाजस्ता मुलुकमा यो परियोजनाको पक्षमा माहौल बनाउनका लागि प्रचार–प्रसारको उपाय अवलम्बन गरेको छ ।
यो क्षेत्रमा चिनियाँ लगानी कुनै नयाँ कुरा होइन । तर, पनामाजस्ता मध्यअमेरिकी देशमा चीनले ध्यान केन्द्रित गर्नु नयाँ कुरा भएको छ । ४० लाख आवादी रहेको यो मुलुक नहरको माध्यमबाट आन्ध्र र प्रशान्त महासागरलाई जोड्ने काम गर्छ । यसै कारणले यो क्षेत्र व्यापारको एक महŒवपूर्ण मार्ग हो । अन्तर्राष्ट्रिय व्यापारको मुख्य मार्ग हुनु नै चीन तथा अमेरिका दुवै देशका लागि पनामा रणनीतिक रूपमा धेरै महŒवपूर्ण रहँदै आएको छ ।
चीनको यो कदमका कारण अमेरिकी अधिकारीको चिन्ता बढेको छ । यो क्षेत्रमा अमेरिकाको दबदबा रहँदै आएको छ । अमेरिकी अधिकारीले आफ्नो सरकारलाई चीनको यस परियोजनाका बारेमा सतर्क गराइसकेको छ । अमेरिकी विदेश मन्त्री माइक पोम्पियोले पत्रकारलाई पनामामा चिनियाँ लगानीका बारेमा पनि सतर्क गराइसकेका छन् । गत वर्षको डिसेम्बरमा पोम्पियोले जी–२० को बैठकमा विश्वकै ठूलो अर्थव्यवस्थाका सामु चीनको यो आयोजनाप्रति चिन्ता व्यक्त गरेका थिए ।
चीनले पनामामा आफ्नो प्रभाव विस्तारका लागि राजनेता, पेसाकर्मी तथा पत्रकारलाई फकाउने कोसिस पनि गरेको समाचारमा उल्लेख गरिएको छ । चीनका स्पेनिस बोल्ने राजदूतले बी एन्ड रोड इनिसियटिभको फाइदाका बारेमा टिभी तथा ट्विटरको माध्यमबाट त्याहाँका जनलाई बताइरहेका छन् । पनामाका राष्ट्रपति जुआन कार्लोस वारेलाले हालसालै हङकङमा बोर्डर इनिसियटिभको पक्षमा पनि आफ्नो मत्तव्य दिएका थिए ।
उनले भनेका छन्, “म यसलाई एसिया तथा अमेरिकाको पनामा जोड्ने ठूलो अवसरका रूपमा हेर्छु ।” चिनियाँ सरकारका अनुसार पनामाका राष्ट्रपतिले यसै महिना बेइजिङमा हुने बेल्ट एन्ड रोड फोरममा पनि सहभागिता जनाउनेछन् । चीनको यो महत्वाकांक्षी आयोजनामा भारत, अमेरिकालगायत विभिन्न देशले आपत्ति जनाइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्