‘राहत बाँड्न ५ घण्टा कुर्नुप-यो’ «

‘राहत बाँड्न ५ घण्टा कुर्नुप-यो’

स्थानीय व्यवस्थापन कमजोर हुँदा समानुपातिक राहत वितरण नभएको पीडितको गुनासो

बारा (हर्दिया)-बाराको स्वर्ण गाउँपालिका–४ स्थित हर्दियाका हावाहुरीबाट प्रभावित भएकाले अझै पनि समान ढंगले राहत पाउन सकेका छैनन् । स्थानीय जनप्रतिनिधिले हावाहुरीबाट प्रभावित हुनेहरूको एकिन तथ्यांक राख्न नसक्दा र विभिन्न ठाउँबाट आएको राहतलाई समान ढंगले वितरण गर्न नसक्दा हावाहुरी प्रभावितले हालसम्म सही तवरले राहत पाउन नसकेको पीडितहरूले गुनासो गरेका छन् ।
हर्दियाका सन्तोष कुमार राम (चमार) ले आफूहरूको क्षेत्रमा आएको राहत समान ढंगले वितरण हुन नसक्दा दलित बस्तीका धेरै जनाले अझै पनि समान ढंगले राहत पाउन नसकेको गुनासो गरे । नेपाली सेनाले बनाएको टेण्टमा हाल बसोबास गर्न थालेका केही हावाहुरी प्रभावितले तत्काल खाना र स्थायी रूपमा बसोबासको माग गरेका छन् । उमेरले ६५ वर्ष पुगेका स्थानीय सविर राम (चमार) हावाहुरीका कारण आफ्नै घर भत्केर बाच्न सफल भए । हाल देब्रे हात भाँच्चिए र घरायसी काम गर्न नसक्ने अवस्थामा पुगेका सविरर्लाइ १० जनाको परिवार कसरी पाल्ने भन्ने समस्या परेको छ । भएको जग्गामा ऋणधन गरी बनाएको झुपडी पनि हावाहुरीले तहसनहस पारेपछि हाल कसैले दिएको राहतको भरमा बाच्न बाध्य छन् चमार परिवार । दलित बस्तीका चमार परिवारका अधिकांश सदस्यले अर्काको घरमा ज्यालादारी काम गर्दै आएका छन् । शक्तिशाली हावाहुरीका कारण घरसहित ५० मिटर माथिबाट जमिनमा बजारिन पुगेका ५८ वर्षीय जामुन राम भग्नावशेस आफ्नो घर भएको ठाउँमै बसेका छन्।

स्थानीय तेजनारायण यादवले वडाध्यक्ष दोलेन्द्रप्रसाद यादवले आफूहरूको क्षेत्रमा जिम्मेवारी ढंगले काम गर्न नसक्दा हाल धेरै वास्तविक प्रभावितले पाउनु पर्ने राहत अझै पाउन नसकेको दाबी गरे । उनले भने, “जनप्रतिनिधिले वास्तविक पीडित भएका व्यक्तिलाई राहत उपलब्ध गराउनु प-यो, केहीलाई धेरै पटक त केहिले नपाएको अवस्था छ ।”
हर्दियाको दलित र यादव बस्तीमा गरी सोमबार दुई वटा टोलीले राहत वितरण गर्न करिब ५ घण्टा समय कुर्नु प-यो । जिल्ला प्रशासन कार्यालयले दिएको तथ्यांक र फिल्डमा आउँदा सही तथ्यांक नहुँदा आफूहरूले नगरपालिकासहित विभिन्न संघ संस्थासँग समन्वय गरी ल्याएको राहत वितरण गर्न करिब ५ घण्टाभन्दा बढी समय लागेको निजगण नगरपालिका मेयर सुरेसकुमार खनालले बताए । उनले भने, “हामीले छिटोछिटो राहत वितरण गरी पीडितलाई भेटघाट गरी फर्काैंला भनेको त यहाँ आउँदा प्रशासनले दिएको भन्दा बढी जनता पीडित भएको भन्दै राहत लिन आउँदा हामीलाई निकै अप्ठ्यारो अवस्था आइलाग्यो ।”
युथ अफ निजगणबाट करिब ४ लाख, निजगण नगरपालिकाबाट २ लाख र तामाङ सेवा समाज अमेरीकाबाट एक लाख गरी ७ लाख मूल्य बराबरको राहत सामग्री वितरण गरिएको मेयर खनालले जनाए । त्यसैगरी सोमबार पोखराबाट गएको एक टोलीले समेत करिब ४ घण्टाको पर्खाइपछि मात्र राहत वितरण गरेको छ । स्थानीय प्रहरी प्रशासन र स्थानीयको समन्वयमा अन्ततः बेलुका दलित बस्तीमै पुगेर पोखराको एक टोलीले राहत सामग्री वितरण ग-यो । सिईसीआई नामक संस्थामा कार्यरत स्वयंसेवीका क्यानडियन नागरिक मिचायल हानको नेतृत्वमा बाराका हावाहुरी प्रभावित ५० घर परिवारलाई राहत स्वरुप खाद्य सामग्रीको साथ भाँडाकुँडा र लक्ता कपडा सहयोग गर्न करिब ४ घण्टा लागेर वितरण गर्नुपरेको टोलीमा सहभागी पर्यटन व्यवसायी हेमराज पहारीले बताए ।
पोखराको सिीटईभीटीमा आईटीसम्बन्धी इन्टनशिप गर्न आएकी हानले आफ्ना क्यानेडियन साथी भाइसँग र आफ्नी आमा छुलिङ जंगसँगको सहयोगमा सामाजिक सञ्जालमार्फत सहयोगको आव्हान गर्दा करिब २ लाख ४० हजार सहयोग जुटेसंगै पोखरा लेकसाइडका पर्यटन व्यवसायी हेमराज पहारीको समन्वयमा आइतबार एक टोलीले हर्दियामा उक्त राहत सामग्री हस्तान्तरण गरेको हो । साथै टोलीले मृतकका तीनजना परिवारलाई जनही ५ हजार १ सय रुपैयाँसमेत हस्तान्तरण गरेको छ ।

क्यानडाकी एक युवतीको पहलमा चाइना र क्यानडादेखि सहयोग
प्रदेश नम्बर २ अन्तर्गत बाराका हावाहुरी प्रभावित भएकालाई राहत स्वरुप क्यानडा र चाइनादेखि सहयोग जुटेको छ । सीईसीआई नामक संस्थामा कार्यरत स्वयंसेविका क्यानडीयन नागरिक मिचायल हानको नेतृत्वमा बाराका हावाहुरी प्रभावित ५० घर परिवारलाई राहत स्वरुप खाद्य सामग्री साथै भाँडाकुडाँ र लक्ता कपडा सहयोग गरेकी हुन् ।

प्रतिक्रिया दिनुहोस्