२२ हजारलाई एक अर्ब पाँच करोड भुक्तानी «

२२ हजारलाई एक अर्ब पाँच करोड भुक्तानी





सामाजिक सुरक्षा योजना अन्तर्गत सरकारले लगभग सात प्रतिशत अर्थात् एक अर्ब पाँच करोड रुपैयाँ विभिन्न योजनाअन्तर्गत श्रमिक तथा उनीहरूका परिवारलाई भुक्तानी गरेको छ । सामाजिक सुरक्षा कोषले योगदानकर्ता श्रमिकबाट संकलन गरेको १५ अर्ब ५७ करोडमध्ये विभिन्न चार योजनाअन्तर्गत एक अर्ब पाँच करोड ४५ लाख रुपैयाँ बराबरको योगदान रकम भुक्तानी गरेको हो ।
कोषका सहप्रवक्ता रोहित रेग्मीले कोष रहेको रकममध्ये विभिन्न योजनाअन्तर्गत आएका दाबीअनुसार रकम भुक्तानी भएको बताए । उनले योगदानकर्ताको संख्या वृद्धिसँगै योगदान रकमसमेत वृद्धि हुने र सोहीअनुसार दाबी भुक्तानी हुने बताए ।
कोषले हाल सबैभन्दा बढी अवकास दाबी भुक्तानीअन्तर्गत १६ हजार ६१० जनालाई ८५ करोड ७० लाख ६९ हजार रुपैयाँ भुक्तानी गरेको जनाएको छ । यसैगरी औषधी उपचार, स्वास्थ्य तथा मातृत्व योजनाअन्तर्गत आठ हजार ५१५ जनाले पटक पटक गरेर १५ करोड ५७ लाख ३८ हजार भुक्तानी लिएका छन् । आश्रित परिवार सुरक्षा योजना र दुर्घटना तथा अशक्तता सुरक्षा योजनाअन्तर्गत क्रमशः दुई करोड ६७ लाख र एक करोड ५१ लाख रुपैयाँ भुक्तानी भएको छ । कोषमा हालसम्म १७ हजार ४४ रोजगारदाता र तीन लाख २८ हजार ४ सय ८८ योगदानकर्ता सूचिकृत भएका छन् ।
योजना कार्यान्वयनमा आएको तीन वर्ष अर्थात् अघिल्लो वर्षको मंसिरसम्म योगदान रकम तीन अर्ब १० करोड रुपैयाँ संकलन भएको थियो । सामाजिक सुरक्षा योजनामा सूचिकृत भएका रोजगारदाताले २० र श्रमिकको तर्पmबाट ११ प्रतिशत गरी ३१ प्रतिशत मासिक रूपमा जम्मा गर्नुपर्ने नियम थियो । कोषले पछिल्लो समय सूचीकरणका साथसाथै नियमित योगदान गर्ने योगदानकर्ताहरूको संख्यामा समेत उल्लेख्य सुधार भई वैशाख पहिलो सातासम्ममा योगदानकर्ता दुई लाख २८ हजारभन्दा बढी पुगेको जनाएको छ । कोषको विभिन्न चार योजनाअन्तर्गत हालसम्म २२ हजार ६ सय ९८ लाभग्राहीले दाबी रकम भुक्तानी पाइसकेका छन् ।
यसैगरी कोषले योगदानकर्ताको उपचारका लागि देशभर रहेका १०८ अस्पताललाई कोषको प्रणालीमा जोडने कार्य सुरु गरेको छ ।
सरकारले सामाजिक सुरक्षा योजनामा योगदान गर्ने श्रमिकको दुर्घटनाको निःशुल्क र औषधी उपचारको ८० प्रतिशत खर्च श्रमिकले तिर्नु नपर्ने गरी सम्झौता गरिएका अस्पताललाई कोषको प्रणालीसँंग जोडिने भएको हो । यसअघि श्रमिकले उपचारवापतको पैसा भुक्तानी गरेर सोको शोधभर्ना कोषबाट लिने झन्झटिलो प्रक्रिया रहेको थियो ।
सामाजिक सुरक्षा कोषले योजनामा नियमित योगदान गर्ने श्रमिकको दुर्घटना उपचारको शतप्रतिशत र औषधी उपचारवापतको ८० प्रतिशत रकम सोभैm शोधभर्ना दिनेगरी अस्पताललाई अनलाइन प्रणालीमा जोडने कार्यको परीक्षण सुरु गरेको छ । कोषले यसअघि योगदानकर्ताको उपचारका लागि सम्झौता गरेका ११८ अस्पताललाई हाल प्रणालीमा जोडेर उपचारवापतको रकम योगदान रकम श्रमिकले तिर्नु नपर्ने गरी प्रणालीलाई स्तरोन्नति गरेको गरेको हो । यसमध्ये हाल देशभरका १२ अस्पतालको प्रणालीलाई कोषको प्रणालीसँग जोडने काम भइरहेको कोषका सहप्रवक्ता रोहित रेग्मीले जानकारी दिए । कोषले गरेको सम्झौताअनुसार अस्पतालले हाल लिइरहेको उपचार शुल्कभन्दा कममा योगदानकर्ताको उपचार गर्नु पर्नेछ ।
योगदानकर्ता श्रमिकले कोषले ताकेको अस्पतालमा दुघटना उपचार निःशुल्क र औषधी उपचारमा लाग्ने ८० प्रतिशत रकम सोभैm अस्पतालाई भुक्तानी गर्नेछ । हाल दुर्घटना तथा औषधी उपचारको सेवा लिने श्रमिकले अस्पताललाई पहिला भुक्तानी गरेर पछि कोषबाट शोधभर्ना लिँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्