प्रदेश नम्बर ५ सहकारी संघको अध्यक्षमा सुवेदी «

प्रदेश नम्बर ५ सहकारी संघको अध्यक्षमा सुवेदी

नेपालगन्ज-बाँके जिल्ला सहकारी संघका अध्यक्ष एवं यस क्षेत्रकै प्रमुख सहकारी अभियन्ता प्रेम सुवेदी प्रादेशिक सहकारी संघ ५ को अध्यक्षमा चयन भएका छन् ।
प्रदेश नं. ५ का सहकारीकर्मीको भेलाले बाँकेका सुवेदीको नेतृत्वमा १२ सदस्यीय प्रादेशिक सहकारी संघ गठन गरेको हो । बाँके जिल्लामा सहकारी संघका विभिन्न पद हुँदै जिल्ला संघको नेतृत्व गरिरहेका सुवेदी कुशल नेतृत्वकर्ता, मिलनसार र सक्षम नेतामा पर्छन् ।
प्रदेश नम्बर ५ को प्रादेशिक सहकारी संघमा बाँके जिल्लाबाट नै एकता शाह पनि संघको सदस्य चयन भएकी छन् । यस्तै अन्य पदाधिकारीहरु उपाध्यक्षमा विष्णुप्रसाद पौडेल नवलपरासी, सचिवमा रूपबहादुर खत्री दाँग, कोषाध्यक्षमा कृष्णबहादुर जिसी पाल्पा, सदस्यमा लक्ष्मीप्रसाद शर्मा बर्दिया गरी ८ जना गरी १२ जनाको तदर्थ समिति चयन भएको छ ।
सरकारको तीन खम्मे विकास अवधारणामा सहकारी पनि एक खम्बा हो । अध्यक्षमा चयन भएका सुवेदीले प्रदेश ५ को सहकारी अभियानलाई सशक्त बनाउने जिम्मेवारी पाएकोले आगामी दिनमा आफ्नो नेतृत्वको टिमले त्यसका लागि दिनरात खटिएर काम गर्ने बताएका छन् ।
उनले ग्रामीण क्षेत्रको आर्थिक विकासका लागि सहकारीको भूमिका सबैभन्दा बढी अहम देखिएको जनाउँदै सहकारीको विकासनै ग्रामीण जनताको विकास भएको बताए ।

प्रतिक्रिया दिनुहोस्