सगरमाथा इन्स्योरेन्सले २१.०५ प्रतिशत लाभांश दिने «

सगरमाथा इन्स्योरेन्सले २१.०५ प्रतिशत लाभांश दिने

सगरमाथा इन्स्योरेन्सले सेयरधनीलाई लाभांश दिने प्रस्ताव गरेको छ ।
कम्पनी सञ्चालक समितिको बैठकले २१.०५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।
कम्पनीले आर्थिक वर्ष २०७७-०७८ को मुनाफाबाट २० प्रतिशत बोनस र कर प्रयोजनको लागि १.०५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । यो प्रस्ताव बिमा समितिले पनि स्वीकृति गरिसकेको छ । अब यो प्रस्ताव २८ वैशाखमा बोलाइएको साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्