नबिल बैंक र परोपकारी अभियान नेपालबीच सम्झौता «

नबिल बैंक र परोपकारी अभियान नेपालबीच सम्झौता

दिगो बैंकिङअन्तर्गत नबिल बैंकले गैरसरकारी संस्था सामाजिक परिवर्तनका लागि परोपकारी अभियानसँग सहकार्य सम्झौता गरेको छ ।
बैंकको तर्फबाट नायब महाप्रबन्धक–आदर्श बजगाईं र संस्थाका कार्यकारी निर्देशक प्रवीण खनालले युवा उद्यमशीलतालाई मद्दत र प्रवद्र्धन गर्ने प्रायोजन सम्बन्धी सम्झौतामा हस्ताक्षर गर ।
युवा उद्यमशीलतामार्फत दिगो विकास लक्ष्य प्राप्त गर्न संस्थाले गएको चैत कार्यशाला आयोजना गरेको थियो । कार्यशालामा विभिन्न विश्वविद्यालयका विद्यार्थी, इच्छुक उद्यमीलगायतले उद्यमशीलता विकासका लागि आफ्नो विचार र अवधारणा नोट प्रस्तुत गरेका थिए । उत्कृष्ट अवधारणा पिआईएससी नेपालद्वारा प्रकाशित पुस्तिकामा प्रकाशित गरिने संस्थाले जनाएको छ ।
कार्यशालाबाट अब्बल छानिएका अवधारणा तथा कार्यपत्रलाई नबिल बैंकले आवश्यक परेमा बैंकको नीतिको अधिनमा रही विभिन्न बैंकिङ सेवा प्रदान गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्