मुक्तिनाथ विकास बैंकको सहयोग «

मुक्तिनाथ विकास बैंकको सहयोग

स्याङ्जा- मुक्तिनाथ विकास बैंकले स्याङ्जाको गल्याङ् नगरपालिका ६ पिडीखोलाका एक विपन्न परिवारलाई जस्तापाता सहयोग गरेको छ ।
संस्थागत सामाजिक उत्तरदायित्वमा सहभागिताअन्र्तगत बैंकले विपन्न परिवारलाई जस्तापाता सहयोग गरेको हो ।
गल्याङ् नगरपालिका ६ पिडीखोलाका मिनबहादुर बिसाको परिवारलाई बैंकले जस्तापाता सहयोग गरेको छ । खरको छानो चुहिने भएपछि विपन्न बिसाका परिवारले घर छाउन नसकेपछि बैंकले जस्तापाता सहयोग स्वरुप उपलब्ध गराएको बैंकको भनाइ छ ।
आर्थिक अवस्था नाजुक भएका बिसा परिवारलाई जस्तापाता हस्तारन्तरण गरिएको बैंकका उपक्षेत्रिय कार्यालय स्याङ्जाका प्रमुख नविन काफ्लेले बताए । उनका अनुसार बैंकले ३७ हजार ५ सय रुपैयाँबराबरको ३ बण्डल जस्तापाता सहयोग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्