सिद्धार्थ बैंकको दमौली शाखा औपचारिक स्थानान्तरण «

सिद्धार्थ बैंकको दमौली शाखा औपचारिक स्थानान्तरण

सिद्घार्थ बैंकले आइतबार दमौली शाखाको औपचारिक स्थानान्तरण उद्घाटन सम्पन्न गरेको छ । बैंकको दमौली शाखाको उद्घाटन व्यास नगरपालिकाका मेयर बैकुण्ठनाथ न्यौपाने र उद्योग वाणिज्य महासंघ नेपालका केन्द्रीय सदस्य देवकुमार श्रेष्ठबाट संयुक्त रूपमा भएको थियो । बैंकले सो शाखा दमौली–२ सफा सडकबाट हालै दमौलीव्यास नगरपालिका–३ मा स्थानान्तरण गरेको जनाएको छ ।
ग्राहकवर्ग र सरोकारवालाहरूको मन जित्न र थप सुविधा पु¥याउन बैंकले विभिन्न बचत खाता सञ्चालनमा ल्याउनुका साथसाथै विभिन्न सहुलियतपूर्ण कर्जाप्रदान गर्दै आइरहेको भन्दै बैकले बैंकिङ प्रणालीलाई थप प्रविधिमैत्री बनाउन सिद्धार्थ बैंकले इन्टरनेटको माध्यमबाट आफ्नो रोजाइको बचत खाताखोल्न सकिने सुविधाल्याएको छ जसले गर्दा ग्राहकहरूलाई थप सुविधा पुग्ने बैंकले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्