संसदीय समितिका सभापतिद्वारा सपथग्रहण «

संसदीय समितिका सभापतिद्वारा सपथग्रहण

विराटनगर-प्रदेश नम्बर १ संसद्को विषयगत समितिहरूका सभापतिहरूले आइतबार पद तथा गोपनियताको सपथग्रहण गरेका छन् । एक नम्बर प्रदेशका सभामुख प्रदीपकुमार भण्डारीले प्रदेशसभा गठन भएको एक वर्षपछि निर्वाचित सातैजना सभापतिहरूलाई सपथग्रहण गराए ।
प्रदेशसभाका सात विषयगत समितिहरूको बैठकबाट शुक्रबार सभापति निर्वाचित गरिएको थियो । शुक्रबार १० बजेदेखि ५ बजेसम्म छुट्टाछुट्टै समितिको बैठक आह्वान गरी सभापतिको निर्वाचन गरिएको थियो । निर्वाचनबाट न्याय, प्रशासन तथा विधायन समितिको सभापतिमा धनकुटाका सांसद इन्द्रमणि पराजुली, सुशासन तथा योजना समितिको सभापतिमा झापाका सांसद अर्जुन राई, अर्थसमितिको सभापतिमा मोहनकुमार खड्का, सार्वजनिक लेखा समितिको सभापतिमा शिवनारायण गनगाई निर्वाचित भएका थिए ।
सामाजिक विकास समितिको सभापति पदमा संखुवासभाकी सांसद सरिता थापा खड्का, उद्योग पर्यटन वन तथा वातावरण समितिको सभापतिमा पाँचथरकी सांसद सीतादेवी थेवे र प्राकृतिक स्रोत, तथा पूर्वाधार विकास समितिको सभापतिमा सुनसरीका सांसद सर्वध्वज साँवाले सपथग्रहण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्