साओमीको रेडमी नोट ७ बजारमा «

साओमीको रेडमी नोट ७ बजारमा

विश्व प्रसिद्ध कम्पनी साओमीले आफ्नो उत्पादनमा क्रान्तिकारी फ्डको मार्दै उच्चतम प्रविधियुक्त रेडमी सिरिजअन्तर्गतको रेडमी नोट७ र रेडमी७ एकसाथ बजारमा ल्याएको छ । आश्चर्यजनक स्तरको अनुभव प्रदान गर्ने रेडमी नोट७ को प्रमुख विशेषतामा ४८ मेगापिक्सलको रियर क्यामेरा र उच्च स्तरको ग्लास, क्वालकोम स्न्यापड्रागन ६६०, कम उज्यालोमा पनि उत्कृष्ट तस्बिरहरूको प्रदर्शन र ब्याट्री क्षमता साथै मजबुत र टिकाउ युक्त रहेको कम्पनीले जनाएको छ ।
यो फोन स्पेस ब्ल्याक्, नेप्चुन ब्लू र नेबुला रातोमा उपलब्ध छ भने, ३ जीबी, ३२ जीबीको २१,९९९, ४ जीबी, ६४ जीबीको २४,९९९ र ४ जीबी, १२८ जीबीको २६,९९९- बजार प्रवद्र्धन रुपैयाँ पर्छ । रेडमी ७ न्यूनमूल्यमा उच्च कार्य वहन क्षमता रहेको फोन हो जसमा, क्वालकोम स्न्यापड्रागन ६३२, डट ड्रप डिजाइन,अत्तिरिक्त टिकाउ, ब्याट्री क्षमतार उच्च ध्वनि क्षमता छ ।
रेडमी ७.२ जीबी १६ जीबीको १४,९९९, ३ जीबी, ३२ जीबीको १६,९९९- बजार प्रवद्र्धन मूल्य छ । नेपालको लागि साओमीको तर्फबाट कन्ट्रि म्यानेजर शौरभ कौठारी भन्छन्, “रेडमी नोट ७ र रेडमी ७ ले यहा“को ग्राहकवर्ग र प्रशंसकहरूको ध्यानलाई मध्यनजर गरी उत्कृष्ट गुणस्तर, उचितमूल्य र असाधारण प्रविधियुक्त टेक्नोलोजी अपनाएको छ ।”

 

प्रतिक्रिया दिनुहोस्