Logo

वन नियमवली चाँडै ल्याउने प्रतिवद्धता

वन तथा वातावरण मन्त्री रामसहायप्रसाद यादवले वन नियमावली चाँडै आउने प्रतिवद्धता जनाएका छन् ।
सारोकारवालाहरुले नियमवली नआउँदा वन व्यवस्थापनको काम पनि ढिलाइ भएको भन्दै विरोध जनाइरहेका बेला मनत्री यादवले चाँडै नै नियमावली ल्याउने प्रतिवद्धता जनाएका हुन् ।
वन पैदावारको सहज रुपमा आपूर्ति व्यवस्थापन गर्न, बजारमा देखिएको काठको माग पूरा गर्न, वन क्षेत्रबाट आर्थिक वृद्धि गर्न र वनबाट रोजगारी दिनका लागि वन नियमावली छिटो स्वीकृत गर्न आवश्यक रहेको बताएका छन् । वन तथा वातावरण मन्त्रालयले भने नियमावलीको मस्यौदा अन्तिम चरणमा पुगेको जानकारी गराएको छ । मन्त्रालयले भने मस्यौदाको खाका तयार भइसकेपनि सरोकारवाला निकायको सुझाव समावेश गर्दा ढिलाई भएको प्रतिक्रिया दिएको छ ।
वन मन्त्री यादवले नियमावलीको मस्यौदा काुनन मन्त्रालयमा पुगेको जानकारी गराउँदै अब छिट्टै स्वीकृत हुने प्रतिवद्धता जनाएका छन् । “वन नियमावलीले वन क्षेत्रको दिगो उपयोग गर्दै आर्थिक समृद्धिको लक्ष्य लिएको छ, नियमावली स्वकृति भएपछि वन पैदावारको आपूर्ति सहज हुन्छ” उनले भने ।
सामुदायिक वन उपभोक्ता महासंघले उपभोक्ताको हकअधिकार कटौती हुने गरी बन्न लगाएको वन नियमावली आफूहरुलाई स्वाकार्य नहुने भन्दै आपत्ति जनाएको छ ।
विभिन्न सराकारवालाले वन नियमावली संशोधन हुन लामो समय लागेको भन्दै आपत्ति जनाइरहेका छन् । वन क्षेत्रमा काम गर्ने विभिन्न नागरिक संगठनले वनको नियमावली नहुँदा वनको व्यवस्थापनमा चुनौती थपिएको भन्दै समयमै नियमावली स्वीकृत गराउन सरकरासँग माग गरेका छन् ।
एनएफएका अध्यक्ष डा. किरण पौडेलले वन क्षेत्रबाट मुलुकको आर्थिक समृद्धि सम्भव रहेको र यसका लागि सरकारले चाँडोभन्दा चाँडो वन नियमावली बनाउनुपर्ने तथा दिगो वन व्यवस्थापनको राष्ट्रिय मापदण्ड बनाएर अगाडि बढ्नुपर्ने बताए ।
फेकोफनले पनि वन क्षेत्रको सरोकारवालाले चाँडाभन्दा चाडो वन नियमावाली बनाउन सुझाव दिएको छ ।
नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघका अध्यक्ष मञ्जिल बाबु मास्केले वन नियमावली बन्दा नयाँ र वन पैदावारको सहज आपूर्ति व्यवस्थापन हुनुपर्ने माग गरका छन् । “वैज्ञानिक वन व्यवस्थापनको कार्यक्रम रोकिएसँगै अहिले बनको व्यवस्थापनका कार्यक्रम पनि अन्योलमा परेका छन्” उनले भने, “भविष्यमा यसले गर्दा काठ कमी हुने छ, नयाँ नियमावली आएपछि दिगो वन व्यवस्थापनमा सहयोग गर्ने छ, वनको व्यवस्थापनको काम गर्दा ढिलाइ भइरहेको छ ।”

प्रतिक्रिया दिनुहोस्