संरक्षणवादमै हुर्केका थिए पश्चिमा अर्थतन्त्र «

संरक्षणवादमै हुर्केका थिए पश्चिमा अर्थतन्त्र

कतिपय पश्चिमा सञ्चारमाध्यमले हालै मात्र ईयूले फेरि औद्योगिक नीति स्वीकार गरेको समाचार सम्प्रेषण गरेका छन् । आफ्ना उद्योगहरूलाई पुनः पुनर्ताजगी गर्न र युरोपको आर्थिक सुधारको आधारलाई बलियो बनाउन युरोपेली औद्योगिक नीतिहरू सञ्चालनमा ल्याउन गरेको फ्रान्सको प्रस्ताव ईयूले स्वीकार गर्न आनाकानी गरेको भन्दै यस्तो समाचार प्रेषित भएको हो ।
वास्तवमै पोस्टवार अवधिको सुरुमा युरोपमा घरेलु उद्योग र व्यवसायलाई सहयोग गर्नका लागि नीति मापनको सुरुवात गरिएको थियो । यद्यपि १९८० को दशकदेखिको निजीकरण र अविनियमनसँगै हस्तक्षेपको अवस्था क्रमिक रुपमा ओझेलमा प-यो ।
राज्य हस्तक्षेपको सिद्धान्तको निर्देशनको मातहतमा फ्रान्सेली सरकारले केही निश्चित कम्पनीहरूलाई सहुलियत प्रदान ग-यो र १९६० को दशकदेखि प्राविधिक विपकासलाई प्रोत्साहित गर्नका लागि राज्य स्वामित्वको व्यवसाय स्थापना ग-यो । फ्रान्सले १९७० को दशकदेखि उच्च गतिको रेल, नागरिक प्रयोजनको परमाणु प्लान्ट, एरोस्पेस र उड्डयनलगातका नयाँ प्रविधिको विकास गर्न सफल भयो । तत्काल कतिपय औद्योगिक क्षेत्रमा विश्वव्यापी नेतृत्व गर्न पनि सफल भयो । यो पनि दोस्रो विश्वयुद्धको केबल २ देखि ३ दशकको अवधिमा ।
संयुक्त अधिराज्यमा बाह्य उत्पादनबाट टेक्सटाइल उद्योगको रक्षा गर्नका लागि औद्योगिक नीति ल्याइयो । गौरवपूर्ण क्रान्तिपछि बेलायले फ्रान्स र नेदरल्यान्डबाट उनको लत्ताकपडाको आयात रोक्नका लागि पूर्ण सफल भयो । १७०० मा बेलायती संसदले भारतबाट कपासको आयात रोक्नका लागि कानुन पारित ग-यो ।
सरकारको औद्योगिक नीतिको सक्रिय हस्तक्षेपले चमत्कारिक रूपमा जर्मन महासंघको सिर्जना ग-यो । आफ्नो बजार रक्षार्थ प्रुसियाले जर्मन कस्टम युनियन स्थापनाको नेतृत्न गरे । जर्मन महासंघबाट बेलायती र फ्रान्सेली औद्योगिक उत्पादन बाहिर राख्नका लागि उच्च भन्सार नीतिको कार्यान्वयन गरियो ।
उसले आफ्नै राज्य स्वामित्वको व्यवसाय स्थापना ग-यो ।
अमेरिकाले १८२० देखि १९३० सम्मको एक शताब्दी भन्दा बढीको अवधिसम्म असाधारण भन्सार नीति अंगीकार ग-यो । यो उच्च भन्सार संरक्षण नीतिको मातहतमा अमेरिका कृषि मुलुकबाट विश्वकै ठूलो औद्योगिक शक्तिको मुलुक बन्न सफल भयो । पहिलो विश्व युद्धको समयमा अमेरिकाको औद्योगिक उत्पादन विश्वकै बढी भयो । यसले विश्वको ३२ प्रतिशतको हिस्सा आपूmमा पार्न सफल भयो ।
१९८० को दसकपछि पश्चिमा मुलुकहरूमा नव उदारवाद श्रेष्ठ स्कुल अफ थटका रूपमा उदायो । यो बजार आधार स्तम्भ आर्थिक हस्तक्षेपको विरुद्धमा उभियो र सरकारको नीति–निर्माण विभागबाट विश्वका अर्थतन्त्रहरूले औद्योगिक नीतिलाई हटाए ।
यो सैद्धान्तिक क्रान्ति वित्तीय उदारवादका लागि लाभदायक भए पनि यसले अप्रत्यक्ष रपमा औद्योगिक क्षेत्रलाई हल्लायो र पश्चिमा मुलुकमा सामाजिक ध्रुवीकरणको अवस्था आयो । पछिल्ला वर्षहरूमा उदीयमान अर्थतन्त्रमा भएको मजबुत आर्थिक वृद्धिमा औद्योगिक नीतिको औचित्यले विकसित मुलुकको ध्यान खिच्यो र उनीहरू सतर्क हुन थाले । यसको परिणामस्वरूप पश्चिमा मुलुकहरूले उदीयमान मुलुकहरूलाई विश्व व्यापार संगठनमा तान्न थाले । उनीहरूले उदीयमान अर्थतन्त्रमाथि राज्यले हस्तक्षेप गरेको र स्वतन्त्र व्यापारको सिद्धान्त उल्लंघन गरेको आरोप लगाउन थाले ।उनीहरूले आफ्नै विकासको इतिहास भुलेका छन् ।
तर, सौभाग्यवश यो सुरुमा औद्योगीकरणमा आएको छ र अन्त्यमा उनीहरूले हालको स्थिर अवस्थाबाट पार पाउनका लागि औद्योगिक नीतिको महत्व बुझ्न थाले । उनीहरूले आफ्ना उद्योगहरूलाई पुनः तरोताजा बनाउनका लागि औद्योगिक नीति हतियार भएको पुनः सोच्न थालेका छन् ।
वास्तवमै आर्थिक विकासका लागि उदीयमान अर्थतन्त्रहरूका लागि निष्पक्ष प्रतिस्पर्धाको खाँचो छ र उनीहरू विकसित मुलुकहरू उनीहरूको पुरानै औद्योगिक नीति कार्यान्वयनमा जाने अवस्थाबाट त्रसित पनि हुनु हुँदैन । यदी विकसित मुलुकले औद्योगिक नीतिको कार्यान्वयनलाई न्यायिक ठान्छन् भने उदीयमान मुलुकहरू आफ्नो तीव्र विकासका लागि आफ्नै औद्योगिक नीतिमा निर्भर रहन सक्छन् ।

प्रतिक्रिया दिनुहोस्