एनएमबी बैंक र मेडिसिटी अस्पतालको विशेष सम्बन्धन «

एनएमबी बैंक र मेडिसिटी अस्पतालको विशेष सम्बन्धन

एनएमबी बैंकले आफ्ना ग्राहक तथा कर्मचारीहरूका लागि नेपालको आधुनिक अस्पताल नेपाल मेडिसिटी अस्पतालमा उपचार गराउँदा विशेष परार्मशसहित अस्पतालको विभिन्न सेवा तथा सुविधाहरूमा १० प्रतिशतसम्मको छुट प्रदान गर्ने व्यवस्था गरेको छ । ग्राहकहरूले बैंकको भिसा डेविट कार्ड तथा एनएमबी क्रेडिट कार्डको प्रयोग गरी अस्पतालको अन्तर्राष्ट्रिय स्तरको प्रविधि, उपकरण तथा अनुभवी डाक्टरहरूको उपचारलगायत विभिन्न सेवा तथा सुविधाहरूमा यो विशेष छुट सुविधा प्राप्त गर्न सक्ने पनि बैंकले जनाएको छ । बैंकले आफ्ना ग्राहकवर्गहरूलाई लाभान्वित गराउन तथा केही अत्तिरिक्त सुविधा दिने उद्देश्यले लामो समयदेखि यस्ता विभिन्न खाले योजनाहरू ल्याउने गरेको भन्दै हाललाई यो सम्झौता एक वर्षका लागि गरिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्