जापानसँग अनलाइनबाटै छलफल गरिने «

जापानसँग अनलाइनबाटै छलफल गरिने

नेपाली कामदार जापान पठाउने सम्बन्धमा अन्तिम निर्णयका लागि नेपालले जापानका ४ मन्त्रालयसँग अनलाइन छलफल (भिडियो कन्फरेन्स) गर्नेे तयारी गरेको छ । नेपाली श्रमिक जापान पठाउने सम्बन्धमा दुई देशबीच सहयोग समझदारी (एमओसी) लाई कार्यान्वयनको चरणमा लैजान छलफल हुन लागेको हो । छलफलको मिति तय नभए पनि नेपाल र जापानका प्राविधिक टोलीबीच यो हप्ताभित्रै छलफल गर्ने गरी यसका विषयवस्तु तयार गरिएका छन् । नेपाली श्रमिक लिने सम्बन्धमा कामदारसँग सरोकार राख्ने जापानका श्रम रोजगार मामला तथा परराष्ट्रलगायतका मन्त्रालयसँग छलफल गर्नेगरी प्रश्नसहितको मस्यौदा तयार गरिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । सो छलफलमा जापान जाने नेपाली कामदारको सेवा सुविधा, लागत, पाठ्यक्रम, काम गर्ने क्षेत्रको प्राथमिकता र कानुनी हैसियतका बारेमा प्रश्नोत्तरसहित छलफल हुने मन्त्रालयले जनाएको छ ।
छलफलमा नेपालको तर्पmबाट श्रम मन्त्रालय र जापानको श्रम रोजगार मामिला र परराष्ट्र मन्त्रालय लगायतका ४ वटा मन्त्रालयसँग प्राविधिक बिषयमा छलफल अगाडी बढाउने छ । “नेपाली कामदार लिने सम्बन्धमा जापान ४ वटा मन्त्रालयसँग छलफल गर्नुपर्ने भएकाले हाललाई भिडियो कन्फरेन्समार्फत छलफल हुनेछ,” मन्त्रालय स्रोतले भन्यो, “छलफलपछि दुवै देशका प्राविधिक टोलीले एकअर्को देशले राखेका विषयमा छलफल गरी अन्तिम निर्णय गरिने छ ।” नेपाल र जापानले नेपाली श्रमिक पठाउने र लिने सम्बन्धमा सम्झौता गरे पनि प्राविधिक विषयमा भने छलफल बाँकी रहेको छ । जापानमा नेपाली श्रमिक पठाउने सम्बन्धमा नेपालले त्यहाका विभिन्न मन्त्रालयसँग समन्वय गर्नुपर्ने भएकाले भिडियो कन्फरेन्समार्फत छलफल गर्न लागेको हो । अनलाइन बैठकमा जापानका सरोकारवाला मन्त्रालयले नेपाली श्रमिकलाई कुन शर्तमा कस्ता कस्ता क्षेत्रमा रोजगारी दिने भन्ने सम्बन्धमा छलफल हुने जनाइएको छ । यसअघिको समझदारीमा जापानका १४ क्षेत्रमा नेपाली कामदार लैजान सकिने उल्लेख भए पनि सीप र दक्षताका आधारमा कुन क्षेत्रका कति नेपाली छनोट हुने भन्ने बिषय भने प्राविधिक टोलीले निर्णय गर्ने छ । छलफलमा दुबै पक्षले आफनो आफनो पक्षको जिज्ञास आदान प्रदान गरेर बैढक बसेपछि निर्णय सार्वजानिक गर्ने जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्